२०८१ फागुन १० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा एक युवकमाथि निर्घात कुटपिट, तीनजना नियन्त्रणमा


बिर्तामोड, फागुन १० । झापाको बिर्तामोडस्थित अदुवा पुलमा एक युवकमाथि आज बिहान निर्घात कुटपिट भएको छ । रक्ताम्य हुनेगरी कुटपिट गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मादक पदार्थ सेवन गरेका युवाबीच झगडा भएको हुनसक्ने बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनीहरु साथी–साथी जस्तो देखिएको र इलाका प्रहरी कार्यालय लगिएको उनले बताए । प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ ।

कुटपिटमा संलग्नहरु प्रहरी देख्नासाथ भागेका थिए । नियन्त्रणमा लिइएकाहरुलाई सोधपुछ गरेर प्रक्रिया अघि बढाइने डिएसपी विष्टले बताए ।

Adv footer