२०८२ बैशाख ६ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरको नगरसभामा पाँच खेलाडीलाई नगदसहित सम्मान


बिर्तामोड, फागुन १२ । झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडीहरु सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो ।

नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार नगदसहित सम्मान गरिएको थियो ।

खतिवडा हक्की कोशी प्रदेश पुरुष टिमका प्रशिक्षक हुन् भने खेलाडीहरु चौधरी र राजवंशी राष्ट्रिय खेलकुदमा सहभागी भइसकेका छन् । उनीहरुले मलेसियामा भएको विश्व युवा हक्की महोत्सवमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

क्रिकेटका महतो यु १९ राष्ट्रिय टोलीका सदस्य हुन् भने भारत्तोलनकी दासले भारतमा भएको खेलमा कास्य पदक पाएकी थिइन् ।

यसैबीच, नगरपालिकाले विकास पत्रकारिता सम्मानबाट नगद ३१ हजारसहित द्रोण अधिकारी र प्रोत्साहन पत्रकारिताबाट सन्तोष शर्मालाई १५ हजार नगदसहित पुरस्कृत गरेको छ ।

उनीहरुलाई नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतले पुरस्कार प्रदान गरेका थिए ।

Adv footer