२०८२ बैशाख ६ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

प्रथम चारपाने युनाइटेड भेट्रान कप फागुन १४ गतेदेखि


बिर्तामोड, फागुन १२ । झापा बिर्तामोड २ को चारपाने युनाइटेड भेट्रान फुटबल क्लबको आयोजनामा यही फागुन १४ गतेदेखि प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

बेलडाँगीस्थित वरि अमरसिंह माविको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा फागुन १४ गतेका दिन उद्घाटन खेलमा दमक लखनपुर भेट्रान एफसी र पूर्वेली भेट्रान एफसी भिड्ने छन् ।

त्यस्तै, पहिलो दिन नै हुने दोस्रो खेलमा २ः३० बजे धुलाबारी भेट्रान एफसी र झिलझिले भेट्रान एफसी भिड्ने छन् । कुल १३ टोलीहरु सहभागी प्रतियोगिताको फाइनल खेल भने फागुन २१ गतेका दिन हुने क्लबका अध्यक्ष माधव खरेलले बताए ।

प्रतियोगितामा आयोजकका दुई टिम रहने छन् भने तुर्केनी काँकरभिट्टा, धुलाबारी, चन्द्रगढी, उर्लाबारी, दमक लखनपुर, झिलझिले, दुधे, कनकाई, पूर्वेली, मदनपुर अर्जुनधारा, कटहरडाँगी बाह्रदशी भेट्रान क्लबको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार १५१, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ३१ हजार १३१ ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव मोहन कोइरालाले बताए ।

त्यस्तै, प्लेयर अफ द म्याचले एक हजार १०० र ट्रफी पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार र ट्रफी पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड र उच्च गोलकर्ताले नगद २ हजार र ट्रफी पाउने अध्यक्ष खरेलले बताए ।

Adv footer