२०८२ बैशाख ६ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

चारपाने युनाइटेड भेट्रान कपः पूर्वेली र झिलझिले विजयी


बिर्तामोड, फागुन १४ । झापा बिर्तामोड २ मा आजबाट सुरु प्रथम चारपाने युनाइटेड भेट्रान कप नकआउट फुटबल प्रतियोगितामा पूर्वेली भेट्रान एफसी र झिलझिले भेट्रान एफसी विजयी भएका छन् ।

उद्घाटन खेलमा पूर्वेलीले दमक लखनपुर भेट्रान एफसीलाई टाइब्रेकरमा हरायो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

पहिलो खेलको प्लेयर अफ द म्याच पूर्वेलीका रुपक गुरुङ भए । उनले नगद एक हजार १०० र ट्रफी पाए ।

त्यस्तै, पहिलो दिनको दोस्रो खेलमा धुलाबारी भेट्रान एफसीलाई २-१ गोल अन्तरले हराउँदै झिलझिले विजयी भयो ।

झिलझिलेका लागि मुकुम सुब्बा र सन्तोष थेगिमले गरे । धुलाबारीका लागि सुजन शाक्यले सान्त्वना एक गोल फर्काए ।

खेलको प्लेयर अफ द म्याच झिलझिलेका मुकुम सुब्बा भए । उनले नगद एक हजार १०० र ट्रफी पाए ।

यसअघि प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले गरेका थिए भने कार्यक्रम क्लबका अध्यक्ष माधव खरेलको अध्यक्षतामा भएको थियो ।

बेलडाँगीस्थित वीर अमरसिंह माविको खेलमैदानमा जारी प्रतियोगितामा १३ टोलीहरु सहभागी रहेको आयोजक चारपाने युनाइटेड भेट्रान एफसीका अध्यक्ष माधव खरेलले बताए ।

फागुन २१ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजार १५१, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ३१ हजार १३१ ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव मोहन कोइरालाले बताए ।

त्यस्तै, प्लेयर अफ द म्याचले एक हजार १०० र ट्रफी पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार र ट्रफी पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड र उच्च गोलकर्ताले नगद २ हजार र ट्रफी पाउने अध्यक्ष खरेलले बताए ।

Adv footer