
बिर्तामोड, फागुन २८ । प्रहरीले बैंकिङ कसुर मुद्दामा झापा बिर्तामोडका निर्माण व्यवसायी हिमाल सिटौलादाई पक्राउ गरेको छ ।
फरार रहेका बिर्तामोड ७ निवासी सिटौलालाई पक्राउ गरी हिजो अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्र खड्काले बताए ।
ओमसाई निर्माण सेवाका प्रोप्राइटर सिटौलाले बिएन्डबी हार्डवेयर सुरुङ्गाको २७ लाख ७५ हजार ५०० रुपैयाँ नतिरेको भन्दै रोशन बिमलीले मुद्दा दायर गरेका थिए ।