
बिर्तामोड, चैत २ । झापाको दोमुखास्थित कनकाई माई खोलामा बगाएर ल्याएको काठ प्रहरीले बरामद गरेको छ ।
हिजो राति ११ः३० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखास्थित कनकाई माई खोलामा बगाउँदै ल्याएको अन्दाजी ६० किबी सखुवा जातको काठ प्रहरीले बरामद गरेको हो ।
ट्युबमा बाँधेर काठ बगाएर ल्याउँदै गरेको अवस्थामा अस्थाई प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोली र गैँडे सामुदायिक वन उपभोक्ता समितिबाट खटिएको संयुक्त गस्ती टोलीलाई देख्नासाथ काठ तस्करहरु काठ छोडेर भागेका थिए ।
अन्दाजी १ लाख ८० हजार मूल्यबराबरको काठ आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गैँडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।