२०८१ चैत्र ३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापाबाट ब्राउन सुगरसहित बिर्तामोडका युवा पक्राउ


बिर्तामोड, चैत ३ । प्रहरीले झापाको झापा गाउँपालिकाबाट ब्राउनसुगरसहित बिर्तामोडका दुईजना युवालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा बिर्तामोड-४ हर्कलाल मार्ग बस्ने २२ वर्षीय मन्दिप सुनार र पुरानो सगरमाथा टोल बस्ने १९ वर्षीय अभिशेख शाह रहेका छन् ।

हिजो साँझ ७ः४५ बजे सशस्त्र प्रहरी बल नेपाल बिओपी टाघनडुब्बाबाट खटिएको टोलीले मे. ७ प ५०७८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई झापा-४ गरमथान सीमा इलाकामा पक्राउ गरेको हो ।

उनीहरुमाथि शंका लागेर जाँच गर्दा मोटरसाइकल चालक शाहको साथबाट १ ग्राम ९६० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।

लागुऔषध र मोटरसाइकलसहित उनीहरुलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइए जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer