२०८३ बैशाख २५ शुक्रबार
Jhapa Today
Adv top

पाडाजुँगीमा टिप्पर, कार र मोटरसाइकल जुध्दा चारजना घाइते


बिर्तामोड, बैशाख २२ । झापाको कमल गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा तीनवटा सवारी साधन जुध्दा चारजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकलमा रहेका एकजना र कारमा रहेका दुईजना यात्रुहरु सामान्य घाइते भएको स्थानीयबासीले जानकारी दिएका छन् । घाइतेहरुलाई उपचारका लागि दमकको लाइफलाइन हस्पिटलमा पठाइएको प्रहरीले जनाएको छ ।

कमल गाउँपालिकाको पाडाजुँगीमा आज साँझ टिप्पर, कार र मोटरसाइकल एकआपसमा जुधेर दुर्घटना हुँदा क्षतिग्रस्त भएका छन् । कारको अगाडिको भाग पूरा कुच्चिएको छ । कार बिहेको रहेको बताइएको छ ।

दुर्घटनामा कार चालक धरान-११ का ६८ वर्षीय जीवनकुमार विश्वकर्मा, कारमा रहेका इटहरी-८ का ५३ वर्षीय राजु गहतराज र ३१ वर्षीय भीम गहतराज र मोटरसाइकल चालक कमल-६ का १८ वर्षीय सोहत भुजेल रहेका छन् ।

दमकबाट पाडाजुँगीतर्फ आउँदै गरेको ना.१ क ७६७६ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको को. १ च ७९६९ नम्बरको कार र सोही कारको पछाडि आउँदै गरेको प्रदेश १–०१–०१६ प ४३९२ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाएका थिए ।

इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले तीनवटै सवारी साधन र टिप्पर चालक मोरङ बेलबारी-११ का ३२ वर्षीय अरुण कटुवाललाई नियन्त्रणमा लिएको छ । (०६ः३५) मा अपडेट गरिएको

Adv footer