२०८२ जेठ २४ शनिबार
Jhapa Today
Adv top

अर्जुनधारामा पोखरीमा डुबेर दुई बालकको मृत्यु


बिर्तामोड, जेठ २४ । झापाको अर्जुनधारामा एक पोखरीमा पौडी खेल्न गएका दुईजना बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ८ बजे अर्जुनधारा-११ मा रहेको नमुना सामुदायिक वनभित्र रहेको सामुदायिक दिमदिमे पोखरीमा दुईजना बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेका छन् । तेह्रथुम जिरीखिम्ती घर भएका उनीहरु स्थानीय पूर्णबहादुर राईको घरमा पाहुना आएका थिए ।

धनमायाका छोरा महसुस र मुनाका छोरा सुजल आफन्त रहेको प्रहरीले जनाएको छ । उनीहरु पौडी खेल्ने क्रममा पोखरीमा डुबेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

बालकहरु पोखरीमा डेबेको देखेपछि स्थानीय मानिसहरुले तत्काल उद्धार गरेर पोखरीबाहिर निकालेका थिए ।

उनीहरुलाई तत्काल उपचारका लागि बिएन्डी अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer