२०८२ जेठ २६ सोमबार
Jhapa Today
Adv top

मेचीनगरमा कारले सफारीलाई ठक्कर दिँदा चारजना घाइते


मेचीनगर, जेठ २६ । झापाको मेचीनगरस्थित पूर्वपश्चिम राजमार्गमा कारले तीनचक्के सिटी रिक्सालाई ठक्कर दिँदा चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा कार चालक मेचीनगर ६ का २८ वर्षीय राजु राजवंशी, सिटी चालक मेचीनगर-७ का ३५ वर्षीय वीरेन्द्र सरदार, सिटीमा चढेका सोही ठाउँका ३१ वर्षीय सुशील राजवंशी र ३० वर्षीय बिगेन राजवंशी छन् ।

उनीहरुको चिन्ताजनक अवस्थामा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हिजो राति ११ः१५ बजे मेचीनगर-७ पालिया पुलमा धुलाबारीबाट काँकरभिट्टातर्फ जाँदै गरेको डब्ल्युबी ७४ एएक्स ७८२८ नम्बरको भारतीय कारले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००१ ह ८०९१ नम्बरको सिटीलाई ठक्कर दिएको हो ।

सिटीलाई ठक्कर दिएसँगै सो कार पालिया पुलको दक्षिण साइडको रेलिङ समेतमा ठोक्किएको थियो । कार र सिटी घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।

Adv footer