२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

रतुवाको सडकमा राकिएको ट्रकमा ठोक्किएर राईको मृत्यु


दमक, असार ७ । झापाको कमल गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गको रतुवा पुलमा ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पुलमा अचानक रोकिएको ट्रकमा ठोक्किएर मोटरसाइकल चालक कमल–५ का ३० वर्षीय सुशील राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दमकबाट केर्खातर्फ जाँदै गरेको मे. १ ख ३३१८ नम्बरको ट्रक स्टार्ट बन्द भई बिग्रिएर बसेको अवस्थामा सोही दिशातर्फ आउँदै गरेको मे. ९ प ८९०४ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किएको थियो ।

हिजो राति ९ः३० बजे कमल–५ रतुवा पुलस्थित पूर्वपश्चिम राजमार्गमा भएको सो दुर्घटनामा राई गम्भीर घाइते भएका थिए ।

उनलाई निम्स अस्पताल दमकमा ल्याई सामान्य उपचारपछि थप उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो ।

निम्सबाट हिँड्नेबितिक्कै दमक–६ गणतन्त्र चोकमा आफन्तले मृत्यु भइसकेको शंका लागेर पुनः निम्स अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

ट्रक चालक अर्जुनधारा–७ का ५३ वर्षीय रघुनाथ सिटौला इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer