
बिर्तामोड, असार ८ । झापाको शिवसताक्षीमा स्थानीय कनकाई नहरमा हामफाल्दा एकजना वृद्धको ज्यान गएको छ । शिवसताक्षी-७ व्याँङडाँडाका राधाकृष्ण सोडारीले नहरमा हामफालेका हुन् ।


प्रहरीका अनुसार आज बिहान अन्दाजी ८ः५० बजे घरबाट चोकतिर जाने भनेर निस्केका ७९ वर्षीय सोडारी कनकाई नहरमा हामफालेर बेपत्ता भएका थिए ।

घरदेखि १ किलोमिटर पश्चिममा वडा नम्बर ७ र ११ को बीचमा उनले हामफालेको प्रहरीलाई आफन्तले खबर गरेका थिए ।

तत्काल इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरी नायव निरीक्षक खड्ग गिरीको कमाण्डमा प्रहरीसहित स्थानीय बासिन्दाको सहयोगमा खोजतलास उनको शव भेटिएको थियो ।
प्रहरी र रुथानीयले खोजी गर्दा ९ः२५ बजे घटनास्थलबाट अन्दाजी ५ सय मिटर दक्षिणमा सोडारीलाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

