
बिर्तामोड, असार ९ । सशस्त्र प्रहरीले मेचीनगरबाट भन्सार छलेर नेपाल भित्र्याइएको साढे तीन लाख मूल्यबराबरको मोबाइल पार्ट्स र अन्य सामान बरामद गरेको जनाएको छ ।


सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वार्टर झापा मातहत (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकरभिट्टाका सशस्त्र प्रहरी नायव उपरीक्षक शमशेरबहादुर कार्की नेतृत्वको टोलीले ती सामान बरामद गरेको हो ।

सशस्त्र प्रहीले मेचीनगर-७ जोरसिमलस्थित पूर्वपश्चिम राजमार्गमा आज दिउँसो तीन लाख ५५ हजार ७०० रुपैयाँबराबरको मोबाइल पार्ट्स तथा इलेट्रोनिक्स सामानहरु बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा भन्सार दाखिला गरेको नम्बर २ गण हेड क्वार्टर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोखरेलले जानकारी दिए ।