
बिर्तामोड, असोज १९ । लगातारको वर्षापछि आएको बाढीले हिजो राति मेची करिडोरमा रहेका तीनवटा पुल बगाएको छ ।केचना–कञ्चनजंघा सडकखण्डमा रहेको माईखोलाको बेलासे पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीले बगाएको हो ।




माईखोला पुल, पुवाखोला बेलिब्रिज र जोगमाई बेलिब्रिज बाढीले बगाएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।इलाम नगरपालिका-११ बेलासेमा माईखोला माथि करिब ५ वर्ष पहिले मात्रै बनेको पक्की पुल क्षतिग्रस्त भएपछि त्यहाँबाट आउजाउ ठप्प भएको छ ।




यसैबीच, सडक डिभिजन कार्यालय इलामका अनुसार मेची राजमार्गमा इलामदेखि पाँचथरसम्म कम्तीमा ३० भन्दा बढी ठाउँमा ठुलो–सानो पहिरो गएको छ ।




पहिरोका कारण मेची राजमार्ग बन्द भएको सडक विभागले जानकारी दिएको छ । इलामको राजदुवालीमा आज बिहान ३ बजेतिर पहिरो खसेको छ ।




तीनवटा पुल बगाएपछि झापाबाट इलाम, पाँचथर जाने र उताबाट झापा झर्ने यात्रु आउजाउ गर्न नपाउने भएका छन् । त्यस्तै, मेची राजमार्ग पनि अवरुद्ध भएपछि यात्रुको बिचल्ली भएको छ ।



