२०८३ बैशाख ९ बुधबार
Jhapa Today
Adv top

चियाबगानमा ब्राउन सुगर बेच्ने तीनजना पक्राउ


बिर्तामोड, बैशाख ९ । झापाको अर्जुनधाराबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीनजना कारोबारीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरु आज बिहान ४ बजे पक्राय परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा–११ बस्ने २५ वर्षीय संजोग राई, २५ वर्षीय रुपेश दर्जी र ३७ वर्षीय अमृत दर्जी रहेका छन् ।

अर्जुनधारा–११ स्थित चिया बगानमा लागुऔषध बिक्रीवितरण भइरहेको छ भन्ने सूचना पाएपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रण लिएको जनाएको छ ।

उनीहरुको साथ बाट २७ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर र बा. ४० प ३९९४ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको छ ।

Adv footer