२०८३ बैशाख ९ बुधबार
Jhapa Today
Adv top

इभीको भाडा नबढाउन सरकारको निर्देशन


बिर्तामोड, बैशाख ९। सरकारले सार्वजनिक सवारीसाधन (ईभी)लाई पुरानै भाडादर लागु गर्न निर्देशन दिएको छ । पछिल्लो समय इन्धनको मूल्य बढेसँगै केही हप्ताअघि सरकारले सार्वजनिक सवारीसाधन र ढुवानी गर्ने गाडी भाडा वृद्धि गरेको थियो ।

तर, यो पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको हकमा मात्र रहेको भन्दै यातायात व्यवस्था विभागले विद्युतीय सवारीसाधन (इभी) गाडीलाई पुरानै भाडादरमा सेवा दिन भनेको हो ।

एक अत्यन्त जरुरी सूचना जारी गर्दै विभागले इभीले भाडा बढाएर लिएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

‘यात्रीवाहक तथा मालवाहक सवारीसाधनले समायोजित भाडा लागू गरी सेवा सञ्चालन गर्नुपर्नेछ। यसका साथै विद्युतीय सवारीसाधनका हकमा भने हाललाई साविककै भाडादर कायम रहने उल्लेख गरिएको छ,’ उक्त सूचनामा उल्लेख छ।

साथै विभागले पनि यात्रा गर्दा टिकट लिन र दिएको भाडामा टिकटमा उल्लेख गराएर लिन यात्रुलाई जानकारी गराएको छ ।

Adv footer