२०८३ बैशाख २१ सोमबार
Jhapa Today
Adv top

अर्जुनधारामा चोरी गर्ने आलमद्वय पाँच महिनापछि पक्राउ


बिर्तामोड, बैशाख २१ । झापाको अर्जुनधारामा चोरी गर्ने दुईजनालाई प्रहरीले सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ । उनीहरुलाई हिजो राति ०९ः४५ बजे पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-४ मियाबाडी बस्ने मोहमद कलुवाको छोरा ३२ वर्षीय आसिक आलम र भारत बंगाल घर भएका अंसार आलम रहेका छन् ।

उनीहरुलाई भद्रपुर-५ मेचीपुलबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरुले २०८२ मंसिर २ गते अर्जुनधारा-६ कप्तानबारीका ४० वर्षीय दुर्गाबहादुर पौडेल खत्रीको घरमा चोरी गरेका थिए ।

इलाका प्रहरी कार्यालय अनारमनीमा किटानी जाहरीपछि आलमद्वयमाथि झापा जिल्ला अदालतले पक्राउपुर्जी जारी गरेको थियो । घटनापछि उनीहरु भारतमा लुकेर बसिरहेका थिए ।

Adv footer