२०८३ बैशाख २७ आइतबार
Jhapa Today
Adv top

बाह्रदशीमा जंगली च्याउ खाँदा ११ जना बिरामी


बिर्तामोड, बैशाख २७ । झापाको बाह्रदशी–२ बुट्टाबारीमा जंगली च्याउ खाँदा ११ जना बिरामी परेका छन् । उनीहरुले आज बिहान १० बजे च्याउ खाँदा बिरामी भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय तेजबहादुर खवासको घरमा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा उनीहरू बिरामी भएका हुन् ।

बिरामी पर्नेहरूमा ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास र २० वर्षीया अनिता खवासलगायत अन्य आठजना बालबालिका रहेका छन् ।

बिरामीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याइएको प्रहरीले जनाएको छ । प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि आठजना बालबालिकालाई कियोच दमक बाल अस्पताल भर्ना गरिएको छ ।

बिरामीमध्ये दुईजनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer