
बिर्तामोड, जेठ २ । चन्द्रगढी भेट्रान क्लबको नयाँ कार्यसमिति चयन गरिएको छ । आज झापाको भद्रपुरमा भएको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लबको अध्यक्षमा भूपालमान कार्की चयन भएका छन् । यसअघि क्लबको अध्यक्ष गजेन्द्र राई थिए ।

त्यस्तै, क्लबको उपाध्यक्षमा प्रेम लिम्बू, सचिवमा नारायण शर्मा, कोषाध्यक्षमा उमेश ताम्राकार र सहसचिवमा प्रदिप श्रेष्ठ चयन भएको सल्लाहकार बिकी जैसवालले जानकारी दिए ।

क्लबको कार्यसमिति सदस्यहरुमा राजन तामाङ, रोशन भण्डारी, अर्जुन कठायत, मनिष अधिकारी चयन भएका छन् भने अमित राई र कुशल लिम्बुलाई मनोनित गरिएको छ ।






