
बिर्तामोड, जेठ ९ । भद्रपुर झापा गोल्डकपको अध्यक्षमा पुनः दिपेश ढकाल निर्वाचित भएका छन् । आज भद्रपुरमा भएको निर्वाचनबाट ढकाल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

गोल्डकपको दोस्रो अधिवेशनपछि भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली, उपाध्यक्षमा डिल्लीराम घिमिरे, गौरव सुब्बा, बाबुराम पराजुली र वसन्त बानियाँ निर्वाचित भएका छन् ।

महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिवमा तीर्थराज ढकाल र टहलदास मैनाली, सहसचिवमा योगेन्द्र पौडेल, कोषाध्यक्षमा अजय साहेवाला र सहकोषाध्यक्षमा नितेश बर्मा निर्वाचित भएका छन् ।

२७ सदस्यीय गोल्डकपको समिति सदस्यहरुमाअर्जुन राई, भरतचन्द्र गुरुङ, खोमकुमारी दाहाल, शमशेर तामाङ, पूर्णमाया सुब्बा लिम्बु, टेकबहादुर गुरुङ, बिक्की साह, कविन राई, प्रज्ज्वल राई, कुमार श्रेष्ठ, तोयानाथ गड्तौला, रियाज ढकाल, कुमार गिरी र मुकेश मित्रुका निर्वाचित भएका छन् ।

यसैबीच, अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, कोशी प्रदेशसभाका पूर्वसदस्य वसन्त बानियाँ, प्राध्यापक कृष्ण मैनाली, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका पूर्वअध्यक्ष टिकराज ढकाल, भद्रपुर-१० का वडा अध्यक्ष टेकबहादुर खड्कालगायतले शुभकामना व्यक्त गरेका थिए ।

महासचिव जीवनकुमार खड्काले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष ढकालले स्वागत तथा औचित्यमाथि प्रकाश पारेका थिए । सचिव तीर्थराज ढकालले प्रतिवेदन प्रस्तुत गरेका थिए ।






