२०८३ जेठ १२ मंगलबार
Jhapa Today
Adv top

बिर्तामोडमा यामाहाको ब्लु कोड अफर, पाँच लाखसम्म उपहार


बिर्तामोड, जेठ १२ । झापाको बिर्तामोडमा यामाहाको ’ब्लु कोड नयाँ वर्ष योजना’ अन्तर्गत अफर सार्वजनिक गरिएको छ । भद्रपुररोडस्थित भद्रपुर बस स्ट्यान्डछेउमा अफर जारी छ ।

यामाहाको लागि बिर्तामोडस्थित आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंकका अनुसार यो अफर अन्तर्गत ग्राहकले ५ लाख रुपैयाँ नगद बम्पर पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

ब्लु कोड नयाँ वर्ष योजनामार्फत एकजना भाग्यशाली विजेताले ५ लाख नगद बम्पर पुरस्कार जित्ने व्यवस्था गरिएको छ । त्यस्तै, स्कुटर वा मोटरसाइकल किन्नुअघि ग्राहकले एक लाख रुपैयाँसम्म जित्ने सम्भावना पनि रहनेछ ।

सयपत्री ट्रेड लिंकका अनुसार प्रिरजिस्ट्रेसनपछि प्रत्येक हप्ता स्टाइलिस ग्याजेड पनि ग्राहकले प्राप्त गर्न सक्नेछन् । अफरमा स्पोट एक्स्चेन्जको व्यवस्था रहेको छ । यो अफर जेठ १७ गतेसम्म रहनेछ ।

ब्लु कोड अफरमा ग्राहकमध्ये स्कुटर किन्नेले एकथान हेल्मेट तथा मोटरसाइकल किन्नेले एकथान हेल्मेट वा लेगगार्ड निःशुल्क पाउनेछन् । यामाहाका दुईचक्के सवारीसाधन नेपालमै सबैभन्दा बढी माइलेज ७१.३३ को रुपमा चिनिँदै आएका छन् ।

Adv footer