२०८३ जेठ १८ सोमबार
Jhapa Today
Adv top

अर्जुनधाराबाट एक्जाभेटर र टिपरसहित चालक पक्राउ


बिर्तामोड, जेठ १८ । प्रहरीले झापाको अर्जुनधाराबाट अवैध उत्खननमा संलग्न सवारीसधानसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । अर्जुनधारा–३ सुखानी खोलाको बगरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

अवैधरूपमा बालुवा उत्खनन भइरहेको सूचनापछि प्रहरीले एक्जाभेटर र टिपरसहित दुईजनालाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी चौकी खुदुनाबारीको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी टोलीले घटनास्थलमा पुगेर बालुवा भरिएको प्रदेश १–०१–००१ क १११९ नम्बरको टिपर र नम्बर नखुलेको एक्जाभेटर नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले टिपर चालक झापा गाउँपालिका–३ निवासी ४८ वर्षीय बासक अली र एक्जाभेटर चालक अर्जुनधारा नगरपालिका–४ निवासी १९ वर्षीय रविन राईलाई नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिइएका दुवै सवारीसाधनका आवश्यक कागजात नभेटिएको प्रहरीले जनाएको छ । हाल दुवै सवारीसाधन र चालकहरूलाई अस्थायी प्रहरी चौकी खुदुनाबारीमा राखिएको छ ।

Adv footer