Category: 'हाम्रो झापा'

‘खानेपानी र विद्युतको कर्मचारी हुँ’ भन्दै ठग्ने युवाको बिर्तामोडमा बिगबिगी
बिर्तामोड, भदौ १६ । झापाको बिर्तामोड आसपासमा आफूलाई ‘खानेपानी र विद्युतको कर्मचारी हुँ’ भन्दै रकम ठग्नेको बिगबिगी बढेको छ । अपरिचित ती युवाहरुले उपभोक्ताको घरमै गएर खानेपानी र बिजुलीको मिटर बिग्रिएको छ, फेर्नु पर्छ भन्दै […]
सुरुंगामा रात्रिबस दुर्घटना
बिर्तामोड, भदौ १६ । झापाको कनकाईस्थित सुरुंगामा काठमाडौँबाट आउँदै गरेको एउटा रात्रिबस दुर्घटनाग्रस्त भएको छ । आज बिहान भएको सो दुर्घटनामा केही यात्रु सामान्य घाइते भएको झापा प्रहरीले जनाएको छ । स्थानीय प्रहरी र उद्धारकर्मीहरू […]
७७ वर्षको उमेरसम्म नागरिकताविहीन बिर्तामोडका थापा
बिर्तामोड, भदौ १६ । झापा बिर्तामोड-५ मा बस्दै आएका प्रकाश थापा नेपालमै जन्मिए तर ७७ वर्षको उमेरमा पनि नागरिकताविहीन छन् । उनका दाजुभाइ, श्रीमती र छोराको नागरिकता छ तर उनको छैन । उनकी श्रीमतीको माइतमै […]
बिर्तामोडमा बसको ठक्करबाट महिलाको मृत्यु
बिर्तामोड, भदौ १५ । झापाको बिर्तामोडस्थित मुख्यचोकमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज साँझ ५ः१० बजे बिर्तामोड–५ स्थित हिकोलाअगाडिको राजमार्गमा बिर्तामोड बसपार्कबाट बिर्तामोड पश्चिम स्टेन्डतर्फ जाँदै गरेको प्र. १–०२–००२ ख ००३५ नम्बरको […]
नयाँ सृष्टि पुनर्स्थापना केन्द्रका सञ्चालकद्वारा गल्ती स्वीकार
बिर्तामोड, भदौ १५ । झापाको बिर्ताबजारस्थित नयाँ सृष्टि पुनर्स्थापना केन्द्रका सञ्चालक आकाश खड्काले कुटपिट गरेको घटनाले नयाँ मोड लिएपछि उनले गल्ती स्वीकार गरेका छन् । उनले गल्ती स्वीकारसँगै घाइतेको औषधि उपचार गरिदिने भएका हुन् । […]
उत्कृष्ट तीनजनालाई स्वर्गीय प्रमोद तामाङ स्मृति सम्मान
बिर्तामोड, भदौ १५ । दिवङ्गत राष्ट्रसेवक प्रमोद तामाङको स्मृतिमा स्थापित प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदाल सम्मानित भएका छन् । त्यस्तै, नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्रसेवक […]
झापामा मिटर ब्याजसम्बन्धी ९८ उजुरी
बिर्तामोड, भदौ १५ । झापामा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ९८ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएका उक्त उजुरीहरुमध्ये एउटामा सहमति र दुईवटा उजुरी फिर्ता […]
भिडियो कल गरेर झुन्डिए अर्जुनधाराका एक महिला र पुरुष
बिर्तामोड, भदौ १४ । झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको ३ घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेर आत्महत्या गरेको केही समयपछि पुरुषले पनि आत्महत्या गरेका हुन् । अर्जुनधार–६ लक्ष्मीटोलकी […]
बिर्तामोडमा ‘बिर्तामोड पब्लिक लाइब्रेरी’ को उद्घाटन
बिर्तामोड, भदौ १४ । झापाको बिर्तामोड पहिलो सामुदायिक पुस्तकालयका रुपमा बिर्तामोड पब्लिक लाइब्रेरीको उद्घाटन भएको छ । बिर्तामोड पश्चिम बसस्ट्यान्ड दक्षिण रिभर साइडको कार्यालयसँगै सञ्चालनमा आएको पुस्तकालयको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन आज उद्घाटन […]