Category: 'हाम्रो झापा'
आठौँ नव ज्योति च्यालेन्ज कप माघ २१ गतेदेखि
बिर्तामोड, पुस १४ । झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएको प्रतियोगिता यही माघ २१ देखि २८ गतेसम्म […]
पूर्वनगरप्रमुख शिवाकोटीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
बिर्तामोड, पुस १४ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई थप पाँच दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ । सात दिनको म्याद सकिएर शुक्रबार थप म्यादका […]
मेचीनगरको पाँचतारे होटल ‘अश्वत्थ’ जनवरी १ देखि सञ्चालनमा आउने
मेचीनगर, पुस १४ । झापाको मेचीनगरमा नयाँ वर्ष सन् २०२५ को पहिलो दिन (पुस १७ गते) देखि क्यासिनोसहितको पाँचतारे होटल सञ्चालनमा आउने भएको छ । मेचीनगर-७ इटाभट्टामा राजमार्गसँगै रहेको पाँचतारे होटल ‘अश्वत्थ’ सञ्चालनमा आउने भएको […]
अन्तर क्याम्पस गोल्डकपको उपाधि दमकलाई
बिर्तामोड, पुस १४ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको आयोजनामा भएको अन्तर क्याम्पस गोल्डकपको उपाधि दमक बहुमुखी क्याम्पसले जितेको छ । शनिबार इलामको ठुलो टुँडीखेलमा सम्पन्न फाइनल खेलमा महेन्द्र बहुमुखी क्याम्पस धरानलाई १-० […]
प्रेस सेन्टर झापाको अध्यक्ष पुष्प खड्का
बिर्तामोड, पुस १४ । प्रेस सेन्टर नेपालको १० औँ जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ […]
ब्राउन सुगरसहित मेचीनगरका राजवंशी पक्राउ
बिर्तामोड, पुस १४ । प्रहरीले लागुऔषध कारोबार गरेको आशंकामा झापाको मेचीनगरबाट एकजना युवालाई पक्राउ गरेको छ । हिजो साँझ इलाका प्रहरी कार्यालय धुलाबारीले मेचीनगर-९ का २८ वर्षीय सालु भन्ने अजय राजवंशीलाई पक्राउ गरेको हो । […]
हलमै गएर फिल्म हेर्न ‘देव वाणी’ का निर्माताको आग्रह
बिर्तामोड, पुस १२ । क्रिसमस डे को अवसरमा प्रदर्शनमा आएको ‘देव वाणी’ का निर्माता र कलाकारले बिर्तामोडमा पत्रकारसँगै फिल्म हेरेका छन् । फिल्मका निर्माता मिना खड्का र हिराबहादुर लेप्चा तथा कलाकार मौसम खड्काले पत्रकारसँगै बिर्तामोडके […]
हट्यो हिकोलारोडको एकतर्फी, संघ र ट्राफिक प्रहरी निरीह
बिर्तामोड, पुस १२ । अति व्यस्त बन्दै गएपछि सञ्चालनमा आएको काँकरभिट्टा रोडबाट कृषिथोक जाने हिकोला रोडको एकतर्फी बाटो बन्द भएको छ । १० दिनयता दुईतर्फबाट नै सवारी सधान सञ्चालन हुन थालेको छ । निकै तामझामका […]
अरनिको प्राविका विद्यार्थीलाई सिम्रिक साकोसको ब्याग
बिर्तामोड, पुस १२ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कमल गाउँपालिकाको अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई ब्याग वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई […]


