२०८२ असार १८ बुधबार
Jhapa Today
Adv top

हलमै गएर फिल्म हेर्न ‘देव वाणी’ का निर्माताको आग्रह


बिर्तामोड, पुस १२ । क्रिसमस डे को अवसरमा प्रदर्शनमा आएको ‘देव वाणी’ का निर्माता र कलाकारले बिर्तामोडमा पत्रकारसँगै फिल्म हेरेका छन् ।

फिल्मका निर्माता मिना खड्का र हिराबहादुर लेप्चा तथा कलाकार मौसम खड्काले पत्रकारसँगै बिर्तामोडके क्युएफएक्समा देव वाणी हेरेका हुन् ।

झापा बिर्तामोडकी खड्का र इलाम कन्यामका लेप्चाले झापा, इलाम तथा पूर्वका दर्शकले फिल्मलाई माया गरेर हलमा गएर हेरिदिन आग्रह गरे ।

बाबु साहेब बलामीले निर्देशन गरेको फिल्म एक्सन र ड्रामा जनरामा बनेको तथा नेपाली र हिन्दी भाषामा एकैसाथ प्रदर्शनमा आएको हो ।

देशकै ठुला मल्टिप्लेक्स हल क्युएफएक्स, आइएनआइ, वान सिनेमाजलगायत रञ्जना, सिडिसी, सिकेलगायतका हलमा फिल्मको सो रहेको छ ।

फिल्ममा सुनिल थापा, नवकलाकार कुन्दन भारद्वाज, अनुजा लेप्चा, रविन्द्र झा, ध्रुव कोइराला, घनश्याम गिरी, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदिप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायत कलाकारको अभिनय छ ।

सिमरा, वीरगञ्ज, र काठमाडौँमा छायाँकन गरिएको फिल्मको कथा निराजन मेहता मन्जिलले लेखेका हुन् ।

मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा हरिबहादुर घलेको छायाँकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, तेञ्जु योञ्जनको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन र मनोहर सुनामको संगीत छ ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले सहकार्यमा निर्माण गरिएको फिल्म मिना खड्का र हिराबहादुर लेप्चाले निर्माण गरेका हुन् ।

फिल्मको प्रचारका लागि बलिउड अभिनेता ह्यारी जोस तथा कुन्दन भारद्वज काठमाडौँमा छन् । उनीहरु आज शुक्रबार इलाम जाने कार्यक्रम रहेको छ ।

Adv footer