Category: 'हाम्रो झापा'
नगरप्रमुख गोम्देनको पहलमा ३०० परिवारको निःशुल्क स्वास्थ्य बीमा
बिर्तामोड, असार २० । अर्जुनधारा नगरपालिकाले विपन्न आर्थिक अवस्थाका तीन सय परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगरप्रमुख बलदेवसिंह गोम्देनको पहलमा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको हो । गोम्देनको अनुरोधमा विभिन्न […]
शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवा सुरु
बिर्तामोड, असार २० । झापाको अर्जुनधारामा रहेको शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । शल्यक्रिया सेवाको बिहीबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका छन् । नगर अस्पतालमा अत्याधुनिक उपकरण जडान भएसँगै सुविधासम्पन्न शल्यक्रिया सेवा […]
बिर्तामोडमा क्रिकेटर ऐरीसँग अन्तरक्रिया
बिर्तामोड, असार २० । झापाको बिर्तामोडमा रहेको ग्रेस इन्टरनेशनलले क्रिकेटर दिपेन्द्रसिंह ऐरीसँग अन्तरक्रिया गरेको छ । आज झापाका क्रिकेटप्रेमीहरुसँग ऐरीले विश्वकप खेल्दाको अनुभव र आफ्नो खेल करियरबारे अनुभव साँटेका थिए । यसैबीच, कार्यक्रमकै अवसर पारेर […]
देवी माविमा प्रदेशकै ठुलो ल्याबसहित होटल म्यानेजमेन्ट पढाइ हुने
बिर्तामोड, असार २० । बिर्तामोडको देवी माविमा यही शैक्षिकसत्रदेखि होटल म्यानेजमेन्ट सम्बन्धि पढाइ हुने भएको छ । विद्यालयले आफ्नै स्रोतबाट कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट सुरु गर्न लागेको हो। शिक्षक प्रतिनिधि उमेश शाहका […]
झापामा बाढीबाट हुने क्षति न्यूनीकरण गर्न थप तीनवटा साइरन जडान
बिर्तामोड, असार २० । झापामा यस वर्ष बाढीको उच्च जोखिम रहेकाले पूर्वसूचना प्रणालीलाई जोड दिँदै थप तीनवटा साइरन जडान गरिँदै छ । झापाका विभिन्न स्थानमा मनसुनजन्य विपद्को क्षति न्यूनीकरण गर्न साइरन जडान गर्ने कार्यलाई तीब्रता […]
मर्मत अभावमा झापाका १७५ वटा सिसी क्यामेरा प्रयोगविहीन
बिर्तामोड, असार २० । झापाका मुख्य सडक र चोक बजारमा जडान गरिएका सिसी टिभी क्यामेरा बिग्रिएर प्रयोगविहीन भए पनि मर्मतमा कसैले चासो दिएको छैन । सुरक्षाका दृष्टिकोणले सम्वेदनशील मानिने जिल्लाका मुख्य सडक र चोकहरूमा जडान […]
बिर्तामोड पूर्ण खोप सुनिश्चित घोषणा
बिर्तामोड, असार १९ । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप पालिका घोषणा गरिएको हो । राष्ट्रिय खोप […]
अरिदमन गणमा स्वास्थ्य शिविर
बिर्तामोड, असार १९ । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणमा स्वास्थ्य शिविर सञ्चालन भएको छ । गणमा रहेका अधिकृत तथा जवानहरुको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यसाथ शिविर सञ्चालन गरिएको गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिए […]
झापामा चोरीका घटनामा संलग्न ६ जना पक्राउ
बिर्तामोड, असार १९ । झापाका विभिन्न ठाउँमा चोरी गर्ने ६ जनाको एक गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेहरुमध्ये मुख्य प्रतिवादी कमल गाउँपालिका वडा नम्बर ३ बस्ने २२ वर्षीय सुस्मन थापा रहेका छन् । त्यस्तै, […]



