Category: 'हाम्रो झापा'
बिर्तामोडमा वडा खेलकुद विकास समिति गठन सुरु
बिर्तामोड, फागुन २६ । बिर्तामोड नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समिति गठन भएलगत्तै वडास्तरीय समिति गठन सुरु भएको छ । आज नगर खेलकुद विकास समिति अध्यक्ष विकास गिरी तथा सदस्यको सक्रियतामा तीनवटा वडामा वडा समिति […]
खुट्टीडाँगीका अर्याल १२ दिनदेखि सम्पर्कविहीन
विनिशा शर्मामेचीनगर, फागुन २६ । झापाको मेचीनगर–९, खुट्टीडाँगीका देवीप्रसाद अर्याल १२ दिनयता सम्पर्कविहीन बनेका छन् । ४७ वर्षीय अर्याल गत फागुन १४ गतेदेखि बेपत्ता बनेको परिवारले जनाएको छ । अर्यालको मानसिक सन्तुलन ठिक नभएको बताइएको […]
वक्तृत्वकलामा इस्ट होराइजनका विद्यार्थी प्रथम र दोस्रो
-विनिशा शर्मामेचीनगर, फागुन २५ । मेचीनगरमा भएको वक्तृत्वकला प्रतियोगितामा धुलाबारीको इस्ट होराइजन माविका विद्यार्थी प्रथम र दोस्रो भएका छन् । कक्षा १२ मा अध्ययनरत छात्र प्रवेश दाहाल प्रथम र कक्षा ९ की छात्रा श्रेया शिवाकोटी […]
आसिफको शतकमा नेपालको ओडिआई इतिहासकै विशाल योगफल
बिर्तामोड, फागुन २५ । ओपनर आसिफ शेखको सानदार शतकमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई २९८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो […]
झापा गाउँपालिकामा सुत्केरीलाई तीन हजार पोषण भत्ता
बिर्तामोड, फागुन २२ । झापाको झापा गाउँपालिकाले सुत्केरी पोषण भत्तामा बृद्धि गरेको छ । सुत्केरी महिलालाई दिइँदै आएको पोषण भत्तामा एक हजार रुपैयाँ बढाएर तीन हजार पुर्याइएको अध्यक्ष जयनारायण शाहले बताए । अघिल्लो आर्थिक वर्षमा […]
सुचिन्दा श्रेष्ठको ‘तिमी मेरो’ गीत चर्चामा
बिर्तामोड, फागुन २१ । गायिका तथा मोडल सुचिन्दा श्रेष्ठको ‘तिमी मेरो’ बोलको गीत रिलिज भएको छ । भावसागर युट्युव च्यानलमा रिलिज भएलगत्तै नेपाली सांगीतिक बजारमा यो गीतको यतिबेला चर्चा चुलिएको छ । बुढानिलकण्ठ, रातो बंगला […]
भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई
भद्रपुर, फागुन १६ । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो […]
भद्रपुर झापा गोल्डकप: उपाधिका लागि आर्मी र मछिन्द्र खेल्दै
भद्रपुर, फागुन १६ । प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा गर्दै छन् । विभागीय टोली आर्मीका प्रशिक्षक राजु तामाङले मछिन्द्र सशक्त प्रतिद्वन्द्वी भएको […]
मछिन्द्र भद्रपुर झापा गोल्डकपको फाइनलमा
भद्रपुर, फागुन १४ । मछिन्द्र फुटबल क्लब झापामा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब मछिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार भिड्नेछ । फाइनल प्रवेशसँगै मछिन्द्रले कम्तिमा ७ […]

