Category: 'हाम्रो झापा'

जलथल जंगलमा भेटिएको हात्ती सडेगलेको
बिर्तामोड, फागुन २९ । झापाको जलथल जंगलमा भेटिएको मृत जंगली हात्ती सडेगलेको अवस्थामा रहेको पाइएको छ । हिजो साँझ कचनकवल–७ स्थित पाथिभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा […]
माईधारमा ‘शक्तिको आडमा’ थपलिया परिवार हेपाइमा
बिर्तामोड, फागुन २९ । झापाको शिवसताक्षी नगरपालिका–१० माईधारमा जग्गा विवादका कारण एक परिवार पीडित बनेको छ । शिवसताक्षी–१० माईधारमा २०२५ सालदेखि भोतभोग गर्दै आएको जग्गामा कम्पाउन्ड नगर्न आग्रह भन्दै नगरपालिकाले पत्र पठाएपछि रामप्रसाद थपलियाको परिवार […]
जलथल जंगलमा हात्ती मृत भेटियो
बिर्तामोड, फागुन २९ । झापाको चारकोशे झाडी जलथल जंगलमा एउटा जंगली हात्ती मृत भेटिएको स्थानीयले जानकारी दिएका छन् । हिजो साँझ ७ः३० बजे कचनकवल–७ स्थित पाथिभरा सामुदायिक वनमा जंगली हात्ती मृत भेटिएको त्यहाँका वन समितिले […]
युएसएआइडीले सहयोग रोकेपछि झापाका दुई परियोजनामा प्रभावित
बिर्तामोड, फागुन २८ । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) ले सहयोग रोकेपछि झापामा सञ्चालित दुईवटा परियोजना प्रभावित भएका छन् । आम्दा नेपाल र लिड नेपालले सञ्चालन गरिरहेको एचआइभीसँग सम्बन्धित कार्यक्रम प्रभावित बनेको हो […]
थन्डर–११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा
मेचीनगर, फागुन २८ । झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर-११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो […]
कनकाईमा गाँजासहित एक दम्पती पक्राउ
बिर्तामोड, फागुन २८ । झापाको कनकाई नगरपालिकाबाट गाँजासहित एक दम्पती पक्राउ परेका छन् । अवैध गाँजा बेचबिखन गरिरेहेको गोप्य सूचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहाल नेतृत्वको टोलीले […]
आयोजक काँकरभिट्टा मेचीनगर गोल्डकपको फाइनलमा
मेचीनगर, फागुन २८ । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । उपाधिका लागि काँकरभिट्टाले […]
बिर्तामोडका निर्माण व्यवसायी सिटौला बैंकिङ कसुर मुद्दामा पक्राउ
बिर्तामोड, फागुन २८ । प्रहरीले बैंकिङ कसुर मुद्दामा झापा बिर्तामोडका निर्माण व्यवसायी हिमाल सिटौलादाई पक्राउ गरेको छ । फरार रहेका बिर्तामोड ७ निवासी सिटौलालाई पक्राउ गरी हिजो अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी […]
झापाका डक्टर बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशक
बिर्तामोड, फागुन २८ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डक्टर टंक बाराकोटी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै डक्टर बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । मन्त्रालयमा १२ औँ तहमा अतिरिक्त […]