Category: 'समाचार'

रेड हर्समाथि शानदार जित निकाल्दै आयोजक बुट्टाबारी फाइनलमा
बिर्तामोड, फागुन २४ । इलामको रेड हर्स फुटबल क्लबलाई रोक्दै आयोजक टिम झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा […]
सानो प्रयास युवा समाजद्वारा आश्रमलाई खाद्यान्न सहयोग
बिर्तामोड, फागुन २४ । झापा दमकस्थित सानो प्रयास युवा समाजले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ । आज दमक-२ मा रहेको मानव उद्धार सेवा आश्रमलाई खाद्यान्न तथा दैनिक […]
सदस्य महिलालाई सिम्रिक साकोसको अचार बनाउने तालिम
बिर्तामोड, फागुन २४ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बाह्रदशी–५ का महिलालाई अचार बनाउने तालिम सञ्चालन गरेको छ । महिला सदस्यलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले दुई दिने अचार […]
शिवसताक्षीको बालसेवा विद्यालयको वार्षिकोत्सवमा दाता, शिक्षक र विद्यार्थीलाई सम्मान
दमक, फागुन २४ । झापा शिवसताक्षी ७ फाक्तेपको बालसेवा आधारभूत विद्यालयको वार्षिकोत्सवको अवसरमा दाता, शिक्षक तथा विद्यार्थीलाई सम्मान गरिएको छ । विद्यालयको ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर विद्यालयको बस खरिदका दाताहरु निर्मला […]
दमकको मुख्यचोकमा फोहोर नउठाइँदा फैलिँदै दुर्गन्ध
दमक, फागुन २४ । झापाको दमकस्थित मुख्य चोक आसपासमा फोहोर नउठाउँदा दुर्गन्ध फैलिएको छ । दमकको आकाशे पुलस्थित सडक खण्डमा अव्यवस्थित रुपमा फालिएको फोहोरमैला एक साता हुँदासम्म नउठाइएको स्थानीय व्यवसायी विष्णु सुब्बाले जानकारी दिए । […]
इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेटः झापा क्रिकेट क्लब सेमिफाइनलमा
मेचीनगर, फागुन २३ । झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो-नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा बल ब्लास्टर भद्रपुरलाई ७ विकेटले हराउँदै झापा क्रिकेट क्लब बिर्तामोड सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो […]
झापामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड सुरु, पहिलो दिन मेचीनगर अगाडि
भद्रपुर, फागुन २३ । झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि झापाको भद्रपुरस्थित मेची रंगशालामा सुरु भएको छ । एक समारोहका बीच प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरे […]
बगान युथ क्लब बुट्टाबारी च्यालेन्ज कपको सेमिफाइनलमा
बिर्तामोड, फागुन २३ । सुनसरीको न्यु स्टार क्लबमाथि शानदार जित निकाल्दै झापा कचनकवलको बगान युथ क्लब झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज […]
बिर्तामोडमा विद्यार्थीलाई रक्सी बिक्री गर्ने बस्नेत पक्राउ
बिर्तामोड, फागुन २३ । विद्यालय पोशाकमा रहेका बिर्तामोडको एक विद्यालयका विद्यार्थीहरुलाई रक्सी बेच्ने होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान १० बजे विद्यालय लाग्ने बेलामा कक्षा ९ मा अध्ययनरत विद्यालय पोशाकमै रहेका तीनजना […]