Category: 'समाचार'
चिया निर्यात बढ्यो, अलैँची घट्यो
मेचीनगर, कात्तिक ५ । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार ४२६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो […]
उत्कृष्ट सहकारी गान रचना गर्नेलाई ५० हजार
बिर्तामोड, कात्तिक ५ । राष्ट्रिय सहकारी महासंघले सहकारी गान रचना गरी पठाउनका लागि यही कात्तिक २४ गतेसम्म समय दिएको छ । महासंघले असोज २१ गते सूचना प्रकाशन गर्दै सहकारी गान रचना गरी पठाउनको लागि ३५ […]
भद्रपुरमा झिलमिले पुलबाट भ्यान खस्दा १० जना घाइते
बिर्तामोड, कात्तिक ४ । झापाको भद्रपुरस्थित झिलमिले पुलबाट म्याजिक भ्यान खस्दा १० जना यात्रु घाइते भएका छन् । अहिले साँझ बिर्तामोडबाट बनियानी जाँदै गरेको को. १ ज ३६५७ नम्बरको म्याजिक भ्यान झिलमिले पुलबाट करिब २०० […]
झापा ११ बेलबारी गोल्डकपको सेमिफाइनलमा
बिर्तामोड, कात्तिक ४ । झापा-११ फुटबल क्लब सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगितामा शानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा भोजपुर जिल्ला फुटबल संघलाई ३-० फराकिलो गोल अन्तरले […]
मलद्वारमा ब्राउन सुगर ल्याउने काभ्रेका मैनाली झापामा पक्राउ
बिर्तामोड, कात्तिक ४ । पूर्वी नाका झापाको काँकरभिट्टाबाट १३ ग्राम ब्राउन सुगरसहित काभ्रेका एक युवक पक्राउ परेका छन् । मलद्वारमा लुकाएर ल्याउँदै गर्दा काभ्रेको साविक गाविस भीमखोरी ८ बस्ने २६ वर्षीय होमकुमार मैनाली पक्राउ परेका […]
रोलिङ च्यालेन्ज कप: मानेभञ्ज्याङको संघर्षपूर्ण जित
मेचीनगर, कात्तिक ४ । पाहुना टोली मानेभञ्ज्याङ एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनल प्रवेश गरेको छ । आज धुलाबारी माविको खेलमैदानमा भएको दोस्रो क्वार्टर फाइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरीमाथि […]
मेची भन्सार राजश्व असुलीमा असफल
मेचीनगर, कात्तिक ४ । आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिकमा मेची भन्सार कार्यालय लक्ष्यअनुरुप राजश्व संकलन गर्न असफल भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा कार्यालयले तीन अर्ब ५८ करोड ९० लाख ११ हजार […]
झापामा १३ कम्पनीद्वारा सौर्य ऊर्जा उत्पादनको प्रस्ताव
-विनिशा शर्माबिर्तामोड, कात्तिक ४ । झापामा १३ वटा कम्पनीले १४५ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेका छन् ।प्रस्ताव गरिएका अधिकांश प्लान्टहरु गौरादहको जुरोपानीमा छन् । त्यस्तै, धुलाबारी, बनियानी, घैलाडुब्बामा पनि प्लान्टका लागि प्रस्ताव […]
कमलमा वडा छुट्याउन र आकर्षक देखाउन रङरोगन सुरु
दमक, कात्तिक ४ । झापाको कमल गाँपालिकाकाका वडाहरुको पहिचान गराउन फरकफरक रङरोगनको काम सुरु गरिएको छ । ७ वटा वडा रहेको कमल गाउँपालिकाभित्र सबै वडाको भूगोल पहिचान गराउन अलगअलग रङको प्रयोग गरेर सौन्दर्यकरणको सुरुवात गरिएको […]



