Category: 'समाचार'
हाम्रो नेपाल साकोस कोशी प्रदेशको छैटौँ ठुलो सहकारी
बिर्तामोड, पुस २५ । झापाको बिर्तामोड-४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था १२ औँ वार्षिक साधारणसभाअन्तर्गत अन्तिम माइन्युट प्रमाणीकरण भेला आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल (भानु) […]
एनसिडिए कोशी चुनावः अध्यक्षमा बरालसहित झापाबाट पाँचजना आकांक्षी
बिर्तामोड, पुस २५ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) कोशी प्रदेशको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा झापाका पुराना तथा प्रतिष्ठित व्यवसायी नरेन्द्र बरालले उम्मेदवारी घोषणा गरेका छन् । संघमा हाल वरिष्ठ उपाध्यक्ष रहेका बरालको बिर्तामोडमा […]
कचनकवलका लेखा अधिकृतलाई धम्क्याउने शिक्षकसहित तीनजनाविरुद्ध उजुरी
भद्रपुर, पुस २५ । झापाको कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोविन्द रिजालले धम्कीपूर्ण अभिव्यक्ति तथा चरित्रहत्या गर्ने शिक्षक रत्नकुमार बुढाथोकीसहित अन्य दुईजनाविरुद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएका छन् । जथाभावी अभिव्यक्ति दिएर आफ्नो नाम, […]
डोमालाल राजवंशी रंगशाला प्रवेशमा रोक
बिर्तामोड, पुस २५ । जथाभावी प्रयोग हुँदा मैदान बिग्रिने भएकाले नेपालमै ख्याति कमाएको झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशाला प्रवेशमा रोक लगाइएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आज बसेको बैठकले रंगशाला प्रवेशमा रोक लगाउने […]
कक्षा ११ र १२ को मौका परीक्षामा डेढ प्रतिशतको मात्र आवेदन
बिर्तामोड, पुस २५ । २१ वर्ष पुराना विद्यार्थीलाई लक्षित गर्दै राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको अवसर दिएकोमा अत्यन्त न्यून विद्यार्थीले मात्र आवेदन दिएका छन् । विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड […]
तराईमा बाक्लो हुस्सु, न्यूनतम तापक्रम ११ डिग्री
बिर्तामोड, पुस २५ । हाल तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरोको कारण तराई मधेशको जनजीवन प्रभावित बनेको हो । दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्न थालेपछि तराई मधेशका धेरै […]
कृषि थोक बजारको शौचालय निर्माणमा अनियमितता, तत्कालीन अध्यक्ष पौडलमाथि अख्तियारको ‘एक्सन’
बिर्तामोड, पुस २५ । झापा बिर्तामोडको कृषि बजार व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष कमल पौडेलको मिलेमतोमा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही अघि बढाएको छ । आयोगको इटहरीस्थित कार्यालयले पुस २१ गते १० […]
साधुटारमा माघ १ गतेदेखि अतिरूद्र महायाग, तयारी पूरा
बिर्तामोड, पुस २५ । झापाको अर्जुनधारा–१ मा रहेको शंकराचार्य पीठ साधुटारमा आयोजना हुने सर्वकल्याण अभिषेकात्मक अतिरूद्र महायागको तयारी पूरा भएको छ । अतिरुद्र अभिषेकात्मक महायाग स्थलको उद्घाटन गरिसकिएको छ । महायाग गर्ने स्थलमा पूजापाठपछि सुनको […]
दुर्गा प्रसाईंको बयान : अग्रवाल र गोल्यानलाई कुनै धम्की दिएको छैन
बिर्तामोड, पुस २५ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्ना समर्थक परिचालन गरेर व्यवसायी पवन कुमार गोल्यान र दीपेन्द्र अग्रवाललाई धम्की दिएको आरोप अस्वीकार गरेका छन् । झापामा बस्दै आएका हरिचन्द्र फुयललाई प्रयोग गरेर व्यापारी र […]

