Category: 'समाचार'
दमकलाई हराउँदै भद्रपुर सेमिफाइनलमा
बिर्तामोड, मंसिर १ । भद्रपुर नगरपालिका दमकलाई हराउँदै चौथो खुदुनाबारी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनलमा दमक नगरपालिकालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो […]
तीन दिनअघि हराएका झापाका खत्री मृत भेटिए
बिर्तामोड, मंसिर १ । झापाको झापा गाउँपालिकाबाट तीन दिनअघि हराएका स्थानीय गणेशवहादुर खत्री मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । झापा-४ खयरबारी बस्ने ६५ वर्षीय खत्री आज बिहान झापा-१ सुरुघुट्टुस्थित ठुलोमाई खोलामा डुबेको अवस्थामा मृत […]
आजदेखि बिर्तामोडमा पर्यटन तथा चलचित्र महोत्सव हुँदै
बिर्तामोड, मंसिर १ । झापाको बिर्तामोडमा आजदेखि बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव–२०८१ सुरु हुँदैछ । बिर्तामोडस्थित सिटी सेन्टर उत्तरमा रहेको खाली मैदानमा महोत्सव आयोजना हुने भएको हो । नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समिति र […]
मंसिरमा बिहेको एउटा मात्र लगन, १६ वटा दिवस
बिर्तामोड, मंसिर १ । आजबाट मंसिर सुरु भएको छ । नेपाली परम्पराअनुसार मंसिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ । बिहे गर्ने उमेर पुगेका युवा–युवतीका लागि चासोको महिना हो, मंसिर । यस वर्षको मंसिरमा पनि थुप्रै […]
बढ्यो डिजेल र मट्टितेलको मूल्य
बिर्तामोड, कात्तिक ३० । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, […]
मेचीनगरमा मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु
मेचीनगर, कात्तिक ३० । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । आज साँझ ६ः२० बजे मेचीनगर १० स्थित पूर्वपश्चिम राजमार्गमा चारआलीबाट धुलाबारीतर्फ आउँदै गरेको मे.६ प ३१७९ नम्बरको मोटरसाइकलले बाटो कनट्दै गरेका […]
निरौला हत्यामा संलग्न पाँचजना रिहा, तीनजनामाथि मुद्दा
दमक, कात्तिक ३० । दमक नगरपालिका-९ का ३७ वर्षीय यामु निरौलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका पाँचजना रिहा भएका छन् । एकजनाले पक्राउ नपर्दै सफाइ पाएका छन् । सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै […]
गौरादहमाथि बिर्तामोडको शानदार जित, मुर्मू बने नायक
बिर्तामोड, कात्तिक ३० । श्याम मुर्मु नायक बन्दा बिर्तामोड नगरपालिका झापाको खुदुनाबारीमा जारी चौथो खुदुनाबारी गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । आज भएको तेस्रो क्वार्टर फाइनलमा गौरादह नगरपालिकालाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै बिर्तामोडले […]
झापामा रगत अभाव, एक दिनलाई मात्र पुग्ने रगत मौज्दात
बिर्तामोड, कात्तिक ३० । अस्पतालमा बिरामीको चाप बढेसँगै झापा जिल्लामा रगतको अभाव हुन थालेको छ । बिरामीको चाप बढेसँगै रगतको अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । जिल्लाका अस्पतालहरुमा दैनिक ५० […]

