Category: 'समाचार'
बिर्तामोडमा दुर्घटना भएको भोलिपल्ट ओछ्यानमै मृत्यु !
बिर्तामोड, पुस २२ । झापाको बिर्तामोडमा मोटरसाइकलले ठक्कर दिएर घाइते भएका एकजनाको भोलिपल्ट घरमै मृत्यु भएको छ । शनिबार साँझ ६ः३० बजे बिर्तामोड-८ को सुकुमबासी टोल जाने भित्री सडकखण्डमा बा. ७५ प ९११५ नम्बरको मोटरसाइकलको […]
व्यवसायी राहत कोषमा विन्दलको २१ हजार सहयोग
बिर्तामोड, पुस २२ । नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा बिर्तामोडका व्यवसायी इन्द्रचन्द्र विन्दलले आफ्नो जन्मदिनमा व्यवसायी राहत कोषमा सहयोग गरेका छन् । बालाजी इन्टरनेसनलका सञ्चालक समेत रहेका विन्दलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना […]
लीलामाया खड्का फाउण्डेशनद्वारा ४९६ विद्यार्थीलाई न्यानो कपडा
बिर्तामोड, पुस २२ । झापा बिर्तामोड-२ को लीलामाया खड्का आदर्श फाउन्डेशनले बाह्रदशी-१ मा रहेको अमृत माविका विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । गरिब तथा विपन्न ४९६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको फाउन्डेशनकी […]
जिजिआर मेमोरियल फुटसलको उपाधि अन्तिम विकल्पलाई
मेचीनगर, पुस २१ । झापाको मेचीनगर १० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि बिर्तामोडको अन्तिम विकल्प फुटसलले जितेको छ । आज भएको फाइनल खेलमा अन्तिम विकल्पले आयोजक रेड स्टार फुटसल क्लबलाई […]
काँकरभिट्टामा भारतीय गाडीले ठक्कर दिँदा थापाको मृत्यु
मेचीनगर, पुस २१ । झापाको काँकरभिट्टामा भारतीय गाडीले ठक्कर दिँदा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । हिजो साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय नम्बरको स्करपियो गाडीले ठक्कर दिँदा मेचीनगर-६ साठ्ठीबिघा बस्ने ६५ वर्षीया माला […]
सताक्षीधामको निर्वाचन पुस २७ मा, बोखिम र राई उठ्ने
बिर्तामोड, पुस २१ । झापाको शिवसताक्षीमा रहेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको निर्वाचन यही पुस २७ गते हुने भएको छ । शिवसताक्षी-११ मा रहेको समितिको साधारणसभाले निर्वाचनको मिति तय गरेको हो । आगामी कार्यकालका […]
झापाको कमलमा ब्राउन सुगरसहित चारजना पक्राउ
बिर्तामोड, पुस २० । झापाको कमल गाउँपालिकामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमलका तीन र शिवसताक्षीका एकजना छन् । प्रहरीका अनुसार आज अपरान्ह ४ बजे कमल गाउँपालिका ४ साधुटोलस्थित […]
राधिका फाउन्डेसनका विद्यार्थीलाई पाठ्यसामग्री र खाद्यान्न सहयोग
बिर्तामोड, पुस २० । झापामा अध्ययनरत विद्यार्थीहरूलाई काठमाडौँका देव लामाले राधिका फाउन्डेसनमार्फत पाठ्यसामग्री, न्यानो कपडा र खाद्यान्न सहयोग गरेका छन् । हाल अस्ट्रेलियामा रहेका लामाले फाउन्डेसनका विद्यार्थीलाई ४० हजार मूल्यबराबरका स्टेशनरी, न्यानो कपडा र खाद्य […]
बगरमा अचेत भेटिएका बुद्धशान्तिका सुब्बा आम्दा अस्पताल भर्ना
बिर्तामोड, पुस २० । झापा बुद्धशान्तिका एक वृद्ध इलाम चुलाचुली–५ चपेटीस्थित रतुवा खोलाको बगरमा अचेत अवस्थामा भेटिएका छन् । आज दिउँसो १ बजे रतुवा खोलाको बगरमा बुद्धशान्ति–७ बर्ने बस्ने अन्दाजी ६१ वर्षीय डिल्लीबहादुर सुब्बा अचेत […]

