Category: 'समाचार'
वर्षाले रोकिएको सोमबारे फुटबल कात्तिक ७ गतेदेखि
बिर्तामोड, कात्तिक ३ । असोज दोस्रो साताको अविरल वर्षाले स्थगित भएको बिर्तामोड २ सोमबारेमा जारी फुटबल प्रतियोगिता कात्तिक ७ गतेदेखि हुने भएको छ । यसअघि असोज ७ गतेदेखि भएको प्रतियोगिताका छवटा खेलहरु सकिएका छन् । […]
काबेली प्रसारणलाइन तिहारअघि पुनर्निर्माण हुने
बिर्तामोड, कात्तिक ३ । इलामको माई खोलामा आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको पुनर्निर्माण थालिएको छ । विद्युत् प्राधिकरण र करिडोरमा जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाहरूले संयुक्त रूपमा प्रसारणलाइन पुनर्निर्माणको […]
आठौँ रोलिङ च्यालेन्जकपको उद्घाटन खेलमा आयोजक र एपिएफ खेल्दै
मेचीनगर, कात्तिक ३ । आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ आजबाट धुलाबारीमा सुरु हुँदैछ । उद्घाटन खेलमा आज आयोजक रोलिङ क्लबले सुनसरीको सशस्त्र प्रहरी बल (एपिएफ)को सामना गर्दैछ । क्लबले टिम बलियो बनाएकोले सहज […]
सुनको भाउ दुई लाखसम्म पुग्ने
बिर्तामोड, कात्तिक ३ । सुनको भाउ प्रतितोला २ लाख रुपैयाँसम्म पुग्ने अन्तर्राष्ट्रिय बजारले आंकलन गरेको छ । आगामी ५–६ महिनाभित्र नेपालमा नै सुनको मूल्य प्रतितोला करिब २ लाख पुग्ने आँकलन छ । सन् २०२७ सम्म […]
बेलबारी गोल्डकपमा झापा ११ को शानदार सुरुवात
बिर्तामोड, कात्तिक २ । शुक्रबारदेखि सुरु भएको सातौँ बेलबारी आरजु राइस गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा झापा ११ फुटबल क्लबले उत्कृष्ट सुरुवात गरेको छ । उद्घाटन खेलमा कञ्चनजंगा फुटबल क्लब सिलिगुडी भारतलाई ५-१ को फराकिलो […]
बिर्तामोडको न्यु स्टार क्लबले पाएको ट्रफी वडा कार्यालयलाई हस्तान्तरण
बिर्तामोड, कात्तिक २ । झापाको बिर्तामोड ७ मा रहेको न्यु स्टार क्लबले प्राप्त गरेको ट्रफी, शिल्ड तथा कप वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बीच क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न स्थानहरुबाट जित […]
बिर्तामोडको रुवा उद्योगमा भएको आगलागी नियन्त्रणमा
बिर्तामोड, कात्तिक २ । झापाको बिर्तामोड-१ वरपीपलचोकमा रहेको रुवा बनाउने उद्योगमा आगलागी भएको छ । आज बिहान भएको आगलागीबाट ४० लाख मूल्यबराबरको क्षति भएको छ । आज बिहान साढे ८ बजे नेक मोहमदको इरतान कपास […]
बिर्तामोडमा दुर्घटनामा पानवारीको मृत्यु
बिर्तामोड, कात्तिक २ । झापाको बिर्तामोड–भद्रपुर सडकखण्डको बिर्ताबजारमा सामान ढुवानी गर्ने ‘छोटा हात्ती’ गाडीको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा पैदलयात्री भारत बहादुरगञ्ज घर भई हाल बिर्तामोड–३ सैनिकमोडमा बस्दै आएका अन्दाजी ६५ […]
अर्जुनधारामा फलामको गेटले किचेर बालकको मृत्यु
बिर्तामोड, कात्तिक २ । झापाको अर्जुनधारामा फलामको गेटले किचेर दुई वर्षका बालकको मृत्यु भएको छ । अर्जुनधारा–६ का सवनम मस्कराको छोरा शिवयम मस्कराको मावली घरको फलामको गेटले किचेर मृत्यु भएको हो । बिहीबार राति ८ […]

