Category: 'समाचार'
कोशी प्रदेशमा बुधबार र बिहीबार झरी पर्ने, पूर्वबाट भित्रँदैछ अर्को प्रणाली
बिर्तामोड, असोज १५ । मनसुन बाहिरिनुपर्ने सिजनमा पूर्वी भेगबाट आज पुनः वर्षा सुरू हुन लागेको मौसमविद्ले बताएका छन् । भोलि बुधबारदेखि फेरि दुई दिन लगातार झरी पर्ने र यसको प्रभाव पूर्वी नेपालमा बढी पर्ने देखिन्छ […]
कृष्णे खोलाले बृद्धलाई बगाएको आशंका
दमक, असोज १४ । झापाको गौरीगञ्ज–२ कोरोबारीका ६० वर्षीय महेश्वर न्यौपानेलाई कृष्णे खोलाले बगाएको आशंका गरिएको छ । बिहान भैँसी बाँध्न गएका न्यौपाने साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनलाई खोलाले बगाएको आशंका गरिएको हो । […]
कनकाई र मेची नदीमा दुईजनाको शव भेटियो
बिर्तामोड, असोज १४ । झापाको शिवसताक्षीस्थित कनकाई नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । आज दिउँसो अन्दाजी ३ः३० बजे शिवसताक्षी–७ स्थित कनकाई नदीको पानीको बीच भागमा बेवारिसे शव भेटिएको हो । तत्काल नाम, थर, वतन […]
दसैँको मुखमा घट्यो इन्धनको मूल्य
बिर्तामोड, असोज १४ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो। आज राति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ […]
अरिदमन गण चारआलीद्वारा बाहुनडाँगीमा निःशुल्क स्वास्थ्य शिविर
बिर्तामोड, असोज १४ । नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकको आयोजनामा आज बाहुनडाँगीमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल औषधि व्यवसायी संघ झापा र मेचीनगर नगरपालिकाको समन्वयमा मेचीनगर–३ बाहुनडाँगीस्थित लिम्बुटारमा […]
मोटरसाइकल दुर्घटनामा बिर्तामोडका अनिसको मृत्यु
बिर्तामोड , असोज १४ । झापाको बिर्तामोडमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । हिजो राति अन्दाजी ८ः३० बजे बिर्तामोड– १० ठुटेबरमा बिर्ता बजारबाट सैनिक बजारतर्फ जाँदै गरेको प्र१–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले विपरीत […]
झापामा हुने हक्की च्याम्पियनसिपको खेलतालिका सार्वजनिक
बिर्तामोड, असोज १४ । झापामा पहिलोपटक हुन लागेको हक्की च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ । भद्रपुरको पुहाँतु जनज्योति माविको खेल मैदानमा हुने दसैँ कप हक्की फाइभ एस पुरुष तथा महिला च्याम्पियनसिप २०८१ यही असोज २४ […]
किस्ने खोलाले बगाएका कमलका चौधरीको शव भेटियो
दमक, असोज १४ । झापाको कमल गाउँपालिकामा किस्ने खोलाले बगाएर बेपत्ता भएका वडा नम्बर १ बस्ने मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरी तीन दिनपछि मृत भेटिएका छन् । आज बिहान ८ः३० बजे उनलाई प्रहरी टोली […]
वर्षाले रोकिएको सोमबारे फुटबल असोज १७ गतेदेखि
बिर्तामोड, असोज १४ । चार दिनको अविरल वर्षाले स्थगित भएको बिर्तामोड २ सोमबारेमा जारी फुटबल प्रतियोगिता असोज १७ गतेदेखि हुने भएको छ । यसअघि असोज ७ गतेदेखि भएको प्रतियोगिताका छवटा खेलहरु सकिएका छन् । अब […]

