Category: 'समाचार'
झापा ११ एफसीलाई धनुषामा फुटबलको उपाधि
बिर्तामोड,असार १ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीले मधेश प्रदेशमा भएको फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । आज धनुषाको सहिदनगर नगरपालिकाको यदुकुहामा भएको तेस्रो मेयर कपको फाइनलमा उदयपुरको गाईघाट फुटबल क्लकलाई हराउँदै झापा […]
धिमाल जातिको पर्वमा आइतबार विदा दिने कोशी सरकारको निर्णय
बिर्तामोड,असार १ । कोशी प्रदेश सरकारले धिमाल जातिको प्रमुख पर्व जातिरी÷सिरिजातको अवसरमा आइतबार विदा दिन निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले धिमाल जातिका लागि मात्रै विदा दिने निर्णय लिएको हो । धिमाल […]
व्यवसायी राहत कोषमा पाण्डेको २१ हजार सहयोग
बिर्तामोड,असार १ । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’ मा व्यवसायी घनेन्द्रराज पाण्डे (जिपी) ले नगद प्रदान गरेका छन् । घर जग्गा तथा मोबाइल व्यवसाय गर्दै आएका पाण्डेले राहत कोषमा २१ हजार […]
दमक नगर खेलकुद विकास समितिलाई पूर्णता
दमक, असार १ । दमक नगरपालिकाको मातहतमा रहेको दमक नगर खेलकुद विकास समितिले पूर्णता पाएको छ । खेलकुद विकास समितिका अध्यक्ष भीमराज केसीले विधानअनुसार कार्यसमितिलाई पूर्णता दिएका हुन् । विस्तारित समितिको उपाध्यक्षमा ताराप्रसाद अधिकारी, सदस्य […]
झापामा कृषि प्रवर्धनका लागि प्रदेश सरकारको १० करोड ५३ लाख
बिर्तामोड, असार १ । झापामा कृषि क्षेत्रको प्रवर्धनका लागि कोशी प्रदेश सरकारले १० करोड ५३ लाख अनुदान प्रदान गरेको छ । जिल्लामा सञ्चालित कृषिका प्रवर्धनात्मक कार्यक्रमबाट प्रतिफल पनि प्राप्त भएको छ । चालु आर्थिक वर्षमा […]
बिएन्डके पोलिक्लिनिकमा रिलायन्स फाइनान्स र कृषि सहकारीका सदस्यहरुलाई छुट
मेचीनगर, असार १ । झापाको चारआलीमा रहेको बिएन्डके पोलिक्लिनिकमा रिलायन्स फाइनान्स लिमिटेड र सब्जी मन्डी तथा कृषि सहकारीका सदस्यलाई छुटको सुविधा सुरु भएको छ । पोलिक्लिनिकका सञ्चालक शिवसञ्जन यादवका अनुसार रिलायन्स फाइनान्स लिमिटेड र सब्जी […]
साउनदेखि लाइसेन्स बोक्न नपर्ने, राष्ट्रिय परिचय पत्रले काम गर्ने
बिर्तामोड, असार १ । सरकारले साउन १ गतेदेखि लाइसेन्ससहित आधा दर्जन कागजपत्रको सट्टा राष्ट्रिय परिचय पत्रलाई नै प्रयोगमा ल्याउने भएको छ । राष्ट्रिय परिचयपत्र बनाउने र लिन नआउनेको सङ्ख्या बढेपछि परिचयपत्र थुप्रिएको छ । सर्वसाधारणले […]
नेपाली सेनाद्वारा विद्यार्थीलाई विपद् व्यवस्थापनसम्बन्धी अभ्यास
बिर्तामोड, असार १ । नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले विद्यार्थीहरुलाई विपद व्यवस्थापन प्रतिकार्य सम्बन्धी अभ्याससँगै सर्पदंश सम्बन्धी जानकारी दिन थालेको छ । यस क्रममा कनकाई-३ सुरुङ्गास्थित पशुपति इङलिस सेकेन्डरी स्कुलका विद्यार्थीहरुलाई अभ्यास गराइएको हो । […]
जेसिजकाे रक्तदानमा ११२ पिन्ट रगत संकलन
बिर्तामोड, असार १ । विश्व रक्तदाता दिवसको अवसर पारेर झापाका दुईवटा जेसिज क्लबले रक्तदान कार्यक्रम आयोजना गरेर रगत संकलन गरेका छन् । मेचीनगरको बाहुण्नाँगी जेसिज र बिर्तामोडको वीरता जेसिजले दाताहरुबाट रगत संकलन गरेका हुन् । […]



