Category: 'समाचार'
दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल: विराट मेगा सेमिफाइनलमा
बिर्तामोड, जेठ १ । विराट मेगा भेट्रान्स एफसी मोरङ यहाँ जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा सुनसरीको भरौल भेट्रान्सविरुद्ध टाइब्रेकरमा जित […]
चारआलीमा बिएन्डके पोलिक्लिनिक सञ्चालनमा
मेचीनगर, जेठ १ । झापाको चारआलीमा बिएन्डके पोलिक्लिनिक सञ्चालनमा आएको छ । मेचीनगर–१३ इलामरोड, चारआलीमा रहेको पोलिक्लिनिकले आजबाट आफ्नो सेवा सञ्चालनमा ल्याएको हो । चारआली आसपासका बिरामीहरुलाई मध्यनजर गर्दै पोलिक्लिनिक सञ्चालनमा ल्याइएको सञ्चालक शिवसञ्जन यादवले […]
आजबाट घट्यो ब्रोकर कमिसन
बिर्तामोड, जेठ १ । आजबाट ब्रोकर कमिसन १० प्रतिशतले घटेको छ। वैशाख २३ गते बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको थियो। यससँगै आजबाट ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले […]
काँकडभिट्टामा अटो चालक ब्राउन सुगरसहित पक्राउ
मेचीनगर, जेठ १ । काँकडभिट्टाको मेची पुलमा लागुऔषध ब्राउन सुगरसहित एक अटो चालक पक्राउ परेका छन् । हिजो राति ९ बजे मेचीनगर–६ पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नं. १–०१–००२ ह ७९७ […]
दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल: पूर्वेली युवा क्लबको शानदार जित
बिर्तामेड, बैशाख ३१ । कृष्ण शाक्यको व्यक्तिगत पाँच गोलसँगै आयोजक निलो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजकले पाहुना टोली हाम्रो […]
आदर्श युवा क्लबले स्थापना गरेको मलामी विश्रामालय चिलिमगढी घाट व्यवस्थापन समितिलाई हस्तान्तरण
मेचीनगर, बैशाख ३१ । आदर्श युवा क्लब बुद्धशान्ति झापाले आदर्श मलामी विश्रामालय चिलिमगढी घाट व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । आदर्श युवा क्लबले क्लबका पूर्वअध्यक्ष तथा बुद्धशान्तिका प्रथम राष्ट्रिय एन्फा रेफ्री लोकराज ढुंगानाको स्मृतिमा करिब […]
कनकाईमा करेन्ट लागेर महिलाको मृत्यु
बिर्तामोड, बैशाख ३१ । झापाको कनकाई नगरपालिकामा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । हिजो (आइतबार) साँझ कनकाई २ मा करेन्ट लाग्दा स्थानीय रविन श्रेष्ठकी पत्नी अन्दाजी २३ वर्षीय मिना श्रेष्ठको मृत्यु भएको हो […]
झापामा आठ लाखजनाले खाए हात्तीपाइले रोगविरुद्धको औषधि
बिर्तामोड, बैशाख ३१ । झापामा सञ्चालित आम औषधि सेवन अभियानअन्तर्गत आठ लाख चार हजार ७३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् । यही बैशाख १६ देखि ३० गतेसम्म जिल्लाका १५ पालिकाका नागरिकलाई सो औषधि […]
गिरीबन्धु जग्गाबारे सर्वोच्च अदालतः बसपार्कसहित आसपासको जग्गा सरकारीकरण गर्नू
बिर्तामोड, बैशाख ३१ । सर्वोच्च अदालतले झापाको गिरीबन्धुको चिया उत्पादनबाहेक अरु प्रयोजनमा रहेका जग्गा सरकारीकरण गर्नू भनी आदेश जारी गरेपछि लेनदेन गरेका व्यवसायी तथा सर्वसाधारण अन्योलमा परेका छन् । झापाको गिरीबन्धु टि स्टेटको नाममा रही […]

