Category: 'समाचार'
भोलि किचकबध धार्मिक मेला, तयारी पूरा
बिर्तामोड, फागुन ११ । भोलि शनिबार लाग्ने महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेलाको तयारी पूरा भएको छ। हरेक वर्ष माघे शुल्क पूर्णिमारस्वस्थानी व्रतका दिन किचकबध मेला लाग्दै आएको छ। भद्रपुर नगरपालिका २ र ३ […]
मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ
बिर्तामोड, फागुन ११ । झापा प्रहरी फागुन ३ गते मोटरसाइकल चोरीका गिरोहमा आबद्ध एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले मोरङ मिक्लाजुङ गाउँपालिका–६ घर भई हाल झापा बिर्तामोड–६ बुट्टाबारी बस्ने […]
यती ब्रुअरी र झापा गोल्ड कपबीच मुख्य प्रायोजनको सम्झौता
बिर्तामोड, फागुन ११ । झापा गोल्ड कपको छैटौँ संस्करणका लागि मुख्य प्रायोजकसँग सम्झौता भएको छ । छैटौँ झापा गोल्ड कपलाई यती ब्रुअरीको उत्पादन अर्नाले गर्ने भएको छ । झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसको कन्फ्रेन्स हलमा […]
झापा गाउँपालिकामा आगलागी, घटनास्थलमै एक बालकको मृत्यु
बिर्तामोड,फागुन ११ । झापा गाउँपालिकामा आज आगलागी हुँदा एक बालकको जलेर घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका –४ स्थित भानटोली निवासी इनाम हुसैन सेखका साढे ४ वर्षको छोरा अतिप हुसैन रहेको जिल्ला […]
हात्तीले कचनकवलमा दुईवटा घर भत्कायो
बिर्तामोड,फागुन ११ । झापाको कचनकवलमा आज बिहान जंगली हात्तीले दुईवटा घर भत्काएको छ । चारकोशे जलथल जंगलबाट निस्किएका ९ वटा हात्तीले कचनकवल गाउँपालिका–१ स्थित कुटीमा दुई वटा घर भत्काएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
धुलाबारीमा विद्यार्थीले बनाएको इन्जिनियरिङ नमुनाको प्रदर्शनी हुने
मेचीनगर, फागुन ११ । मेचीनगर पोलिटेक्निक इन्स्टिच्यूटले यही फागुन १७ र १८ गते इन्जिनियरिङ प्रदर्शनी गर्ने भएको छ । इन्स्टिच्यूटका आइटी, सिभिल र आर्किटेक्चर विषयमा अध्ययनरत् विद्यार्थीले निर्माण गरेका वैज्ञानिक साधनहरु धुलाबारी क्याम्पस परिसरमा हुने […]
वाल्मीकिमा ‘स्टेम फेस्ट’, विद्यार्थीले प्लास्टिकबाट बनाए पेट्रोल
बिर्तामोड, फागुन १० । बिर्तामोडस्थित वाल्मीकि एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीले प्लास्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने भन्दै सन्देश दिएका छन् । थोत्रा प्लास्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने विद्यार्थीले उदाहरण प्रस्तुत गर्दै विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच प्लाष्टिकबाट […]
कम उमेरमा कपाल फुल्ने कारण
बिर्तामोड, फागुन ९। सामान्यतया ५० वर्षको उमेरपछि मात्र हाम्रो कपाल सेतो हुने गर्छ । तर, आजभोलि सानै उमेरमा कपाल फुल्ने गरेको हामीले देख्दै आएका छौँ । सानै उमेरमा कपाल फुल्नु अहिले सामान्य समस्या बनेको छ […]
कचनकवल बर्खा स्मृति प्रतिष्ठान अन्तरपालिका क्रिकेटको फाइनलमा
बिर्तामोड, फागुन ९ । कचनकवल गाउँपालिका प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा आज भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मेचीनगर नगरपालिकालाई ५ विकेटले हराउँदै […]

