Category: 'समाचार'
भाँसिएको बिरिङको पुल बाढीले बगायो
बिर्तामोड, साउन २८ । झापाको शनिश्चरे र खुदुनाबारी जोड्ने बिरिङ खोलाको जीर्ण पक्की पुल बाढीले बगाएको छ । २०६४ सालमा निर्माण भएको सो पुल दुई वर्षअघि भाँसिएको थियो । मनसुन सुरु भएपछि यो वर्षको जेठ […]
बिर्तामोडमा मञ्चद्वारा युवा उद्यमशीलता सम्बन्धी कार्यशाला
बिर्तामोड, साउन २८ । युवा उद्यमीहरुको साझा संस्था नेपाली युवा उद्यमी मञ्च झापा शाखाले झापाका युवाहरुलाई उद्यमशीलता सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर मञ्चले बिर्तामोडस्थित आदर्श बैंक्वेटमा विभिन्न १० वटा […]
आगामी २४ घण्टा देशभर ठुलो पानी पर्ने सम्भावना
बिर्तामोड, साउन २८ । हिजो राति देशैभर वर्षा भएको छ । राति कोशी प्रदेशका विभिन्न ठाउँमा मध्यमदेखि ठुलो पानी परेको हो । झापा र उदयपुरसहित केही ठाउँमा ठुलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]
दमकमा एकजना बालकको डुबेर मृत्यु
दमक, साउन २८ । झापाको दमकमा स्थानीय खोलामा पौडी खेल्ने क्रममा एकजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको आज बिहान ७ः५० बजे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक-१० का […]
मलद्वारभित्र ब्राउनसुगर ल्याउने भद्रपुरका पौडेल पक्राउ
बिर्तामोड, साउन २८ । झापाको भद्रपुरमा लागुऔषध ब्राउन सुगरसहित एकजना युवक पक्राउ परेको प्रहरीले जनाएको छ । उनी हिजो पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–७ गार्मेन्ट चोकका २९ […]
बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमीमा उत्सव हुने
बिर्तामोड, साउन २७ । झापाको बिर्तामोडमा श्री राधा माधव भजनस्थलीको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको भव्य उत्सव हुने भएको छ । अग्रसेन भवनमा हुने उत्सव साउन ३१ गते हुने भजनस्थलीका अध्यक्ष भक्तिसिद्धान्त दास ब्रह्माचारीले आज पत्रकार सम्मेलनमार्फत […]
प्रहरीलाई अवरोध गर्ने भद्रपुरका राई पक्राउ
बिर्तामोड, साउन २७ । प्रहरीले झापाको भद्रपुरमा लागुुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्दा अवरोध गर्ने मानिसलाई पक्राउ गरेर कारबाही गरेको जनाएको छ । पक्राउ पर्नेमा झापा भद्रपुर-५ का ५२ वर्षीय शम्भु राई रहेका छन् । उनले […]
मेचीनगरको जडिबुटी एग्रोलाई वन मन्त्रालयको राष्ट्रिय पुरस्कार
बिर्तामोड, साउन २७ । झापा मेचीनगरको दुवागढीस्थित जडिबुटी एग्रो नर्सरी प्रालिलाई वन तथा वातावरण मन्त्रालयले निजी वनतर्फ राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । सामुदायिक वन दिवस–२०८२ को अवसर पारेर मन्त्रालयको वन तथा भूसंरक्षण विभागले काठमाडौँमा […]
झापामा शल्यक्रियाबाट प्रसूति हुनेको सङ्ख्या उच्च
बिर्तामोड, साउन २७ । झापामा अधिकांश महिला शल्यक्रियामार्फत प्रसूति हुने गरेका छन् । पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयकी नर्सिङ अधिकृत विद्या न्यौपानेका अनुसार […]



