Category: 'समाचार'
झापामा एकैदिन पाँच सडक दुर्घटना, सातजना घाइते
बिर्तामोड, साउन १३ । झापाका विभिन्न स्थानमा एकैदिन भएका अलगअलग पाँचवटा सडक दुर्घटनामा सातजना घाइते भएको प्रहरीले जनाएको छ । सबै दुर्घटना हिजो साँझ मोटरसाइकलमा भएका हुन् । दमक–३ प्रगति टोलस्थित भित्री पक्की सडकखण्डमा आमचोकबाट […]
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै
बिर्तामोड, साउन १३ । थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदैछ । विभिन्न कार्यक्रमको आयोजना गरी झापालगायत थारु समुदायमा यो पर्व मनाइँदैछ । थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान […]
प्रादेशिक अस्पताल भद्रपुरमा रेबिजविरुद्धको भ्याक्सिन आजदेखि पुनः सुरु
बिर्तामोड, साउन १३ । झापा भद्रपुरको प्रादेशिक अस्पताल भद्रपुरमा रेबिजविरुद्धको भ्याक्सिन सेवा आजदेखि पुनः सञ्चालनमा आउने भएको छ । अस्पतालले सूचना निकालेर भ्याक्सिन सेवा सुरु हुने जनाएको छ । अस्पतालमा ४२ दिनदेखि बन्द रहेको सेवा […]
झापा साइक्लिङ क्लब गठन, अध्यक्षमा श्रेष्ठ
बिर्तामोड, साउन १२ । झापाको बिर्तामोडमा झापा साइक्लिङ क्लब गठन भएको छ । आज बिर्तामोडमा भएको साइकल राइडरहरुको भेलाले क्लब गठन गरेको हो । क्लबको अध्यक्षमा आकाश श्रेष्ठ चयन भएका छन् । त्यस्तै, समितिको उपाध्यक्षमा […]
दमकमा घरअगाडि पिसाब गर्दा विवाद, तीनजना घाइते
दमक, साउन १२ । झापाको दमकमा घरअगाडि फर्केर पिसाब गरेको निहुँमा विवाद हुँदा तीनजना घाइते भएको प्रहरीले जनाएको छ । हिजो राति साढे १० बजे दमक नगरपालिका–२ का समिर तामाङको घरअगाडि को. १ ज ३५६५ […]
सहरेडाँगीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिर्तामोड, साउन १२ । झापाको मेचीनगरस्थित चारआली बुधबारे सडक खण्डको सहरेडाँगीमा जिपले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । मेचीनगर–१२ सहरेडाँगीमा सवारी साधनको ठक्करबाट पहिचान नखुलेका एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
देशभर वर्षा, कृषकलाई राहत
बिर्तामोड, साउन १२ । हिजो साँझ र राति झापासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सातवटै प्रदेशका तराई तथा पहाडी भेगमा राति मध्यम वर्षा भएको हो । हाल देशभर मनसुनी वायुको प्रभाव […]
बिचार्नी–हेल्दुबारीको निन्दा नदीमा बन्यो झोलुङ्गे पुल
मेचीनगर, साउन १२ । झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा चार करोड ३८ लाख रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल ३५० मिटर लामो र पाँच फिट चौडाइको […]
वैदेशिक रोजगारीका नाममा बढ्यो ठगी धन्दा
बिर्तामोड, साउन ११ । वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१-८२ मा १२ हजार ७९० उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८०-८१ मा सात हजार […]

