Category: 'समाज'
बिर्तामोडमा करोडौँ रकम ठगेर भागे मनकामना हार्डवेयरका रौनियार
बिर्तामोड, चैत ९ । झापाको बिर्तामोड-४ एक किलोमिटरमा आफ्नै घरमा मनकामना हार्डवेयर पसल सञ्चालन गर्दै आएका विक्की रौनियार करोडौँ रकम ठगेर भागेका छन् । करिब दस दिनअघि घरमा ताला लगाएर सपरिवार बेपत्ता भएको पीडितहरुले बताएका […]
झापामा बसमा यात्रा गर्दागर्दै मोरङकी चेम्जोङको मृत्यु
बिर्तामोड, चैत ८ । झापाको दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको यात्रुवाहक बसमा यात्रा गर्दागर्दै एकजना महिलाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. १ ख २५४५ नम्बरको बसमा चढेकी मोरङ गछिया बस्ने ४३ वर्षीया […]
रोङमा गुरु किसान घोषणा, कृषि प्रशोधन उद्योगको उद्घाटन
इलाम (रोङ), चैत ७ । ग्रामीण कृषि र पर्यटनमा अग्रसर रहेको इलामको रोङ गाउँपालिकामा कृषकहरुलाई प्रोत्सहान गर्ने उद्देश्यले गुरु किसान घोषणा गरिएको छ । आज वडा नम्बर ५ को इरौटारमा एक भव्य कार्यक्रमका बीच गाउँपालिकाले […]
सामाजिक सञ्जालमा जथाभावी अश्लील गाली गर्ने नितेश ओली पक्राउ
बिर्तामोड, चैत ७ । सामाजिक सञ्जालमा मनपरी अश्लील गाली गर्दै आएका झापा हल्दिबारी– १ का २३ वर्षीय नितेश भनिने नवराज ओलीलाई प्रहरीले पक्राउ गरेको छ । जनप्रतिनिधि, राजनीतिक दलका नेतादेखि लिएर प्रहरी प्रशासन र पत्रकारहरुलाई […]
झापामा सामी कार्यक्रमको सेवा प्रवाह सम्बन्धी छलफल
बिर्तामोड, चैत ७ । झापामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबाट प्रवाह भइरहेका सेवासम्बन्धी बृहत छलफल गरिएको छ । झापाको बिर्तामोडमा झापाका सबै नगरपालिकाका प्रमुख–उपप्रमुख तथा सबै गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष एवम् प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागितामा छलफल गरिएको […]
निर्माणाधीन घरमा लडेर अर्जुनधाराका बस्नेतको मृत्यु
बिर्तामोड, चैत ५ । झापाको अर्जुनधारामा बनिरहेको घरको पर्खालमा पानी लगाउने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अर्जुनधारा-४ का रणबहादुर बस्नेत रहेका छन् । आज बिहान अन्दाजी ८ बजे […]
इस्ट होराइजनकी छात्रा रेजिना वक्तृत्वकलामा प्रथम
मेचीनगर, चैत ५ । झापा मेचीनगरको इस्ट होराइजन अंग्रेजी माविकी छात्रा रेजिना बन मेचीनगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छन् । मेचीनगर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा कक्षा ११ र […]
झापामा वनमा डढेलो, लाखौँको क्षति
बिर्तामोड, चैत ५ । झापाका विभिन्न तीनवटा सामुदायिक वनमा लागेको डढेलो लाखौँको क्षति भएको वन समूहहरुले जानकारी दिएका छन् । मौसममा पश्चिकी वायुको प्रभावका कारण चलेको तीव्र गतिको हावाहुरीले डढेलोलाई थप सहयोग गरेको प्रहरीले जनाएको […]
कनकाईमा एक किशोरमाथि फलामको पाइप हान्ने दुईजना पक्राउ
बिर्तामोड, चैत ४ । झापाको कनकाईमा फलामको पाइपले हानेर एक युवकलाई गम्भीर घाइते बनाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई-७ मन्सापुर बस्ने २० वर्षीय दिपक राई र सोही ठाउँ बस्ने २२ वर्षीय […]

