Category: 'समाज'
कचनकवलबाट भारतीय नोट र कारसहित दुई भारतीय पक्राउ
बिर्तामोड, साउन २८ । झापाको कचनकवलमा सशस्त्र प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय नोटसहित दुईजना भारतीय नागरिकलाई कारसहित नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट केचनाको टोलीले आइतबार दिउँसो साढे ३ बजे किसनगञ्ज तात्पुवा […]
खोलामा डुबेर एकजना बालकको मृत्यु
बिर्तामोड, साउन २८ । झापाको भद्रपुरमा खोलामा डुबेर एकजना बालकको मृत्यु भएको छ । हिजो साँझ ५ भद्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको देवी खोलामा खेल्ने क्रममा डुबेर स्थानीय महेश रसाइलीको छोरा ९ वर्षीय […]
गौरादहका ७० वर्षीय राजवंशी ३० वर्षीया कोचको ‘हनी ट्र्याप’ मा
बिर्तामोड, साउन २७ । झापा गौरादहका एक वृद्धले आफूलाई मोहजाल ‘हनी ट्र्याप’ मा पारेर सम्पत्ति हडपेको भन्दै सहयोगका लागि अपिल गरेका छन् । उनले ‘हनी ट्र्याप’ गरेको र आफ्नो घरभित्र रहेको जायजेथा लुटपाट गरेको आरोपमा […]
लायन्स बिर्तामोड स्मार्ट लेडीद्वारा शैक्षिक सामग्री प्रदान
बिर्तामोड, साउन २७ । झापाको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले हल्दिबारी गाउँपालिकाको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । आज एक कार्यक्रमका बीच झापा हल्दिबारी-२ को नवसिर्जना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक […]
सर्पले डसेर बिर्तामोडमा एक वृद्धाको मृत्यु
बिर्तामोड, साउन २७ । झापाको बिर्तामोडमा विषालु सर्पले डस्दा एकजना वृद्धाको मृत्यु भएको छ । बिर्तामोड-७ गरामनी मिलडाँडा बस्ने ६८ वर्षीया धनमाया पौडेलको सर्पले डसेर मृत्यु भएको हो । बिहान ७ बजेतिर भण्डार कोठामा आलु […]
चारआलीको आयल निगमलाई आफैँले बेचेको जग्गामा हकदाबीको मुद्दा
बिर्तामोड, साउन २७ । झापाको मेचीनगर–१३ मा सात वर्षअघि नेपाल आयल निगम लिमिटेडलाई आफैँले बिक्री गरेको जग्गामा हकदाबी माग गर्दै मुद्दा दायर भएको छ । स्थानीय छत्रबहादुर कार्की र रिता कार्कीले झापा जिल्ला अदालतमा मुद्दा […]
अर्जुनधारामा पसल फोड्ने तीनजना बन्दुकसहित पक्राउ
बिर्तामोड, साउन २७ । झापाको अर्जुनधारा नगरपालिका–७ मिलडाँडामा पसल फुटाएर चोरी गर्ने तीनजना पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरी भएको सामानसहित भरुवा बन्दुक भेटिएको प्रहरीले जनाएको छ । मिलडाँडाका इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना […]
ओम साई पाथिभरा अस्पतालमा डिएनए परीक्षण सुरु
बिर्तामोड, साउन २७ । झापाको भद्रपुरमा रहेको ओम साई पाथिभरा अस्पतालले डिएक्सेरिबोनोक्लिक एसिड (डिएनए) परीक्षण सेवाको सुरूवात गरेको छ । तीन महिनाअघि झापाको बिर्तामोडबाट मेरो डिएनए कार्यक्रममार्फत भारतीय ब्यानरमा परीक्षण सेवा सुरूवात गरेको अस्पतालले आफ्नै […]
अर्जुनधाराबाट साढे सात करोड रुपैयाँको नदीजन्य सामग्री उत्खनन गरिने
बिर्तामोड, साउन २६ । झापाको अर्जुनधारा नगरपालिकामा चालु आर्थिक वर्षमा ३ लाख ३ हजार घनमिटर नदीजन्य सामग्रीको उत्खनन गरिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि बिरिङ, टाङटिङ, गोयाङ, ठुलो नेते, सानो नेते र […]



