२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

पक्राउ परेको भोलिपल्ट युवकले भित्र्याए दुलही


मोरङ । लागुऔषध सेवन र ओसारपसार गरेको आरोपमा पक्राउ परेका धरानका एकजना युवाले भोलिपल्ट दुलही भित्र्याएका छन् ।
बेहुला धरान उपमहानगरपालिका–१५ का २१ वर्षीय कमल धमला (विक) बिहेको अघिल्लो दिन पक्राउ परेका हुन् । मोरङ प्रहरीका अनुसार लागुऔषध प्रयोगकर्ता उनी शनिबार सीमावर्ती जोगबनी पुगेका थिए । जोगबनीबाट फर्किँदै गर्दा बाटोमा पक्राउ परेका हुन् । उनको साथबाट ७ एम्पुल लुपिजेसिक, ७–७ पिस एभिल र डाइजोपाम बरामद भएको प्रहरीले जनाएको छ ।
भोलि बिहान आइतबार बेहुली लिन धनकुटाको महालक्ष्मी नगरपालिका जानुपर्ने बेहुला आपैmँ प्रहरी हिरासतमा परेपछि परिवारमा तनाव भएको थियो । बेहुला लागुऔषधमा पक्राउ परेको खबर युवतीको घरसम्म पुग्यो । तर, प्रेम सम्बन्धमा रहेकी युवतीले विवाह स्वीकार गरिन् ।
आइतबार बिहान धनकुटा जाने जन्ती बेहुला लिन विराटनगर आयो । जिल्ला प्रहरी कार्यालय मोरङले आमाको जमानीमा दुईजना प्रहरी साथमा लगाएर बेहुलालाई लैजान अनुमति दियो । बिहे सम्पन्न भयो । कमलले सोमबार बिहान बेहुलीलाई घरमा प्रवेश गराए । घरमा विवाह उत्सव चलिरहेको थियो, तर नवदुलाह त्यहाँ बसिरहन पाएनन् । आफन्तले टिका लगाइदिएपछि बेहुलासँगै जन्ती गएका प्रहरीले कमललाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको छ ।
उनलाई मंगलबार लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु थालिएको प्रहरीले जनाएको छ । धरानको रत्नरोडमा सुन पसल गर्दै आएका कमल परिवारको जेठा छोरा हुन् । एक वर्षअघि बुबाको मृत्यु भएपछि उनले लागुऔषध सेवन गर्न थालेको बताइएको छ । तर, उनले भने आफूलाई फसाउन अरु कसैले लागुऔषध राखिदिएको बयान प्रहरीसामु दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer