२०८३ बैशाख ३० बुधबार
Jhapa Today
Adv top

वाल्मीकि २०८२ को एसइइमा जिल्ला प्रथम


बिर्तामोड, बैशाख ३० । झापाको बिर्तामोड–१ मा सञ्चालित वाल्मीकि एजुकेसन फाउन्डेसन २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा झापा प्रथम भएको छ । वाल्मीकिका छजना विद्यार्थीले एसइइमा ४ जिपिए ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइइ नतिजाअनुसार विद्यालयका ६ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका हुन् । विनिशा अग्रवाल, चिरायु न्यौपाने, नेहा बुढाथोकी, सवल खरेल, रिदम खड्का र रिजन खड्काले ४ जिपिए प्राप्त गरेका हुन् ।

झापामा यस वर्ष ५६ जना विद्यार्थीले ४ जिपिए ल्याएकामध्ये वाल्मीकिबाट मात्रै ६ जना रहेका छन् । दमकको ग्लोबल एजुकेसन फाउन्डेसनबाट पाँचजनाले ४ जिपिए ल्याएका छन् ।

वाल्मीकिबाट ६८ जना विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गरेका छन् भने ७० जनाले ए ग्रेड हासिल गरेका छन् । विद्यालयका १६ जना विद्यार्थीले बि प्लस जिपिए ल्याएका छन् ।

विगतका वर्षझैँ यसपटक पनि विद्यालयले जिल्लामै अब्बल नतिजा निकाल्दै आफ्नो शैक्षिक साख कायम राखेको हो । विद्यालयले अनुशासित शैक्षिक वातावरण, नियमित पठनपाठन, दक्ष शिक्षक तथा अभिभावकको सहकार्यका कारण निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको जनाएको छ ।

Adv footer