२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

अस्ट्रेलियामा नेपाली विद्यार्थीले भित्र्याए २ खर्ब


अस्ट्रेलियामा नेपाली विद्यार्थीहरु । तस्वीर : सप्लाइड

नारायण खड्का
अस्ट्रेलिया । उच्चशिक्षाका लागि अस्ट्रेलिया आएका नेपाली विद्यार्थीले मात्र अस्ट्रेलियामा २ दशमलव ६ बिलियन डलर (करिब २ खर्ब १० अर्ब रुपैयाँ) भित्राएका छन् । शैक्षिक क्षेत्रबाट यहाँको अर्थतन्त्रमा पुर्याएको योगदानका बारेमा अस्ट्रेलियास्थित शिक्षा मन्त्रलायले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपाली विद्यार्थीको योगदान तेस्रो नम्बरमा रहेको छ ।
अस्ट्रेलियाको अर्थतन्त्रका लागि शैक्षिक क्षेत्र चौथो ठुलो आयस्रोतको बाटो रहँदै आएको छ । शिक्षामन्त्री डान टिहानले सार्वजनिक गरेको रिर्पोटमा चीन र भारतपछि नेपालका विद्यार्थीले ठुलो योगदान पुरयाएका हुन् । विद्यार्थीबाट मात्रै ३७ दशमलव ६ बिलियन डलर आर्थिक स्रोत जुटाएको अस्ट्रेलिया सरकारलाई चीनका विद्यार्थीले करिब १२ बिलियन र भारतका विद्यार्थीले करिब ५ बिलियन डलर योगदान गरेका छन् । अस्ट्रेलियाली सरकारबाट उनीहरूका लागि भने नेपालले कुनै फाइदा लिन नसकेको आरोप विद्यार्थीहरूको छ ।
अस्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थीहरूको समग्र संख्यामा नेपालीहरूको संख्या तेस्रो छ । तथ्यांकअनुसार अहिले अस्ट्रेलियामा करिब ५५ हजार नेपाली विद्यार्थी विभिन्न विषयहरूमा अध्ययनरत छन् । उनीहरूले आफ्नो विषयअनुसार वार्षिक रूपमा १५ हजारदेखि ३५ हजारसम्म शैक्षिक शुल्क शैक्षिक संस्थालाई बुझाउने गरेका छन् ।
अस्ट्रेलियाले पछिल्लो समयमा आफ्नो अध्यागमन नीतिलाई दुर्गम केन्द्रित बनाएपछि स्थायी बासिन्दाको अनुमति लिनका लागि तास्मानिया, डार्बिनलगायतका क्षेत्रमा जानेहरूको संख्यासमेत उल्लेख्य रूपमा बढिरहेको छ । यद्यपि विद्यार्थी तथा शैक्षिक क्षेत्रमा काम गरिरहेका विज्ञहरू भने नेपाली विद्यार्थीले अस्ट्रेलिया सरकारको अर्थतन्त्रमा जुन योगदान गरिएको छ, त्यसको तुलनामा नेपाल सरकार र दूतावासले फाइदा लिन चुकिरहेको सुनाउँछन् ।
अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दहाल अस्ट्रेलिया सरकारले नेपाल र नेपालीहरूलाई उच्च प्राथमिकता दिएको अनुभव सुनाउँदै आफनो हितका लागि आफूहरू लागिपरेको सुनाउँछन् । (इकान्तिपुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer