२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवको तयारी पूरा


महोत्सवस्थल प्रवेशद्वार ।

धुलाबारी । मेची उद्योग वाणिज्य संघका आयोजनामा धुलाबारीमा हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ । महोत्सव यही पुस ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ ।
सोमबार महोत्सवस्थलमा पत्रकार सम्मेलन गर्दै संयोजक भूमि पौडेलले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार महोत्सवमा २ सय वटा स्टल राखिने टुंगो भइसकेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय व्यापारका लागि भारत, बंगलादेश र भुटान लगायत देशका २५ वटा स्टल बुक भइसकेका छन् ।
महोत्सवमा झापाका १५ वटै स्थानीय तहमा उत्पादन हुने कृषि उपजलाई विशेष प्राथमिकता दिएर प्रचार–प्रसार गरिने आयोजकले जनाएको छ । महात्सवका स्टलमा स्टलमा कृषि उपज, कृषि औजार, विभिन्न खाद्यान्न, अटो मोबाइल्स, बैँक, वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय उत्पादनका विभिन्न सामग्री रहनेछ ।
महोत्सव सफल पार्न करिब ६० लाख रुपैयाँ खर्च लाग्ने पूर्वानुमान गरिएको छ आयोजक मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिए । नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट १ लाख ५० हजार पर्यटक अवलोकनकर्ताका रुपमा सहभागी हुने अध्यक्ष तिम्सिनाको भनाइ छ ।
कलाकारको लाग्यो टुंगो
महोत्सवमा अवलोकनकर्तालाई मनोरञ्जन दिन आउने कलाकारहरुको टुंगो लागेको सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक ध्रुव कनालले जानकारी दिए । महोत्सवको पहिलो दिन छेवाङ लामा र डिजे तामाको प्रस्तुति रहनेछ भने पुस १० गतेको निकिता थापार सेन्डी एन्ड फ्युजनिस्टको सांगीतिक प्रस्तुति रहनेछ । पुस ११ गते राजा राजेन्द्रसँगै प्रकाश सपुत र प्रीति आलेले आफ्नो गीतमा नचाउने छन् ।
पुस १२ गते हाँस्य कलाकार मनोज गजुरेल साथै सुगम पोखरेल र आस्था राउतको गीतमा रम्न सकिनेछ । पुस १३ गते कर्मा ब्यान्ड र प्रितम आचार्य, पुस १४ गते कमल खत्री साथै एञ्जिला रेग्मीले गीत गाएर दर्शक तताउने छन् । पुस १५ गते राजनराज शिवाकोटी र मेलिना राईसँग दर्शक झुम्न सक्ने छन् । पुस १६ गते लाहुरेले ¥यापपछि चर्चित र अहिलेका व्यस्त गायक प्रमोद खरेलले चिसो मौसममा दर्शक तताउने छन् । त्यस्तै, महोत्सवको अन्तिम दिन एड्रिन प्रधानको ब्यान्डले दर्शक उफार्ने छन् ।
महोत्सवको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् । यसअघि संघले धुलाबारीमै २०७० सालमा दोस्रो र त्यसअघि बिर्तामोडमा प्रथम महोत्सव सम्पन्न गरिसकेको छ । यसैबीच, ६ हजार रुपैयाँमा हेलिकोप्टरबाट झापा जिल्लाको अवलोकन गराउने व्यवस्थासमेत महोत्सवमा मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer