२०८१ बैशाख ४ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

सहाराद्वारा कृषक राईलाई लघुवित्त पुरस्कार


बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रोफेसर डा. मोहम्मद युनुस सहारा लघुवित्त पुरस्कार कृषक टिकादेवी राईलाई प्रदान गरेको छ । अर्जुनधारा ९ झापाकी राईलाई यस वर्षको सो पुरस्कार प्रदान गरिएको हो ।
५१ हजार राशिको सो पुरस्कार प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रदान गरे । बिर्तामाड २ मा मुख्य कार्यालय रहेको सहाराले शनिबार बिर्तामोडमा आयोजित संस्थाको २३ औँ साधारणसभाको अवसरमा राईलाई पुरस्कृत गरको हो ।
पुरस्कार पाएछि राईले आफ्नो परिश्रम र लगनशीलताका कारण पुरस्कारका लागि योग्य भएको प्रतिक्रिया दिइन् । उनले आफ्ना लागि गरिएको लगानी खेर जान नदिएको बताइन् । सुरुका दिनमा हातमुख जोड्न पनि गाह्रो भएका बेला सहाराले पत्याएर आज जीवन चलाउन पैसा अभाव नभएको अनुभव उनले सुनाइन् ।
राईले भनिन्, ‘मैले केही जमिन जोड्न सकेँ । घर हेर्न हुने बनाउन सकेँ । दुईतीन जनालाई रोजगारी दिएको छु । यहाँभन्दा मलाई कति गर्नुहुन्छ ?’ सहाराले हरेक वर्ष लघुवित्त कार्यक्रममा उत्कृष्ट हुने सदस्यलाई उक्त पुरस्कारले पुरस्कृत गर्ने गरेको छ । कडा मेहेनतकी पर्याय किसान राईले आफूले गरेको परिश्रमको उचित मूल्यांकन भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer