२०८३ जेठ १६ शनिबार
Jhapa Today
Adv top

दुर्घटनामा घाइते तामाङको आर्थिक अभावमा मृत्यु


बिर्तामोड, जेठ १६ । मोटरसाइकलको ठक्करबाट घाइते भएका झापाको मेचीनगरका एकजना पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर-१३ का ४४ वर्षीय निमा तामाङ रहेका छन् । जेठ ११ गते राति ०७ः३० बजे मेचीनगर–१२ सहरेडाँगी चोकमा उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

चारआलीबाट बुधबारेतर्फ जादैँ गरेको प्र.१–०१–०१२ प ६३५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएर घाइते भएका तामाङको टाउकोमा चोट लागेको थियो । उनलाई विर्तासिटी अस्पताल बिर्तामोड भर्ना गरिएको थियो ।

तर, आर्थिक अभावका कारण जेठ १५ गते उनलाई सो अस्पतालबाट डिस्चार्ज लिइएको थियो । उपचारको लागि पुनः मेची आम्दा अस्पतालमा धुलाबारी लगिएकोमा उपचारकै क्रममा तामाङको हिजो मृत्यु भएको हो ।

घटनामा संलग्न मोटरसाइकल र चालक बुद्धशान्ति–१ का २३ वर्षीय नारायण भट्टराईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer