२०८१ बैशाख १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न युनिकमको दबाब


बुटवल । सरकारले लागु गरेको सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध पक्षलाई दबाब दिने लगायतका ५ बुँदे घोषणापत्र जारी गर्दै नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालको प्रदेश ५ अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।
सन् २०२० लाई संगठन विस्तार वर्षका रूपमा मनाउने निर्णय गरेको युनिकम नेपालले यसै वर्षभित्र सामाजिक सम्वादको पनि आयोजना गर्ने बताएको छ । अधिवेशनले राजन अधिकारीको नेतृत्वमा ५ नम्बर प्रदेशस्तरीय समिति सर्वसम्मत चयन गरेको छ ।
समितीको वरिष्ठ उपाध्यक्षमा नेत्र अर्याल, उपाध्यक्षमा माधव ज्ञवाली, सचिव बिमल अर्याल रहेका छन् । युनिकमको प्रदेश कोषाध्यक्षमा सुरज रिमाल रहका छन् भने तीनजना सहसचिव हरुमा जीवन घिमिरे, यादव अर्याल र खेम खत्री चयन भएका केन्द्रीय महासचिव एलएन दाहालले जानकारी दिए । सदस्यहरुमा जनक नेउपाने, विष्णु रिजाल, सुदन गैरे, नोखिराम भण्डारी, भेषराज भण्डारी, टंक बन्जाडे र झमक बस्नेत चयन भएको निर्वाचन समितिका सदस्य चिरन्जीवी पौडेलले बताए ।
सोही अधिवेसनमा युनिकम नेपालको रुपन्देही जिल्ला कार्यसमिति पनि गठन भएको छ । प्रितम गिरीको अध्यक्षतामा गठित जिल्ला समितिको उपाध्यक्षमा गोपाल भण्डारी, सचिव कृष्ण भुषाल, सहसचिव गोविन्द ज्ञवाली र कोषाध्यक्षमा कुलानन्द पौडेल निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा मनिष कार्की, सोभिता बस्याल, नारायण पंगेनी, पंकज रेग्मी, रामप्रसाद पोखरेल, ठाकुर ज्ञवाली र जीवन ज्ञवाली रहेका छन् ।
यसअघि २ सयभन्दा बढी युनिकमका सदस्यको भेलामा उत्प्रेरणामुलक नेतृत्व विकास तालिम प्रदान गरिएको थियो । तालिममा शंकर लामिछाने, नवराज फुयेल र गम्भीर श्रेष्ठ सहजकर्ता रहेको युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer