२०८१ बैशाख २५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

सताक्षी गोल्डकपमा ८ टिम


झापा । फागुन ३ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ‘सताक्षी गोल्डकप २०७६’ मा भारतको एकसहित आठवटा टिम सहभागी हुने भएका छन् ।
तेस्रो संस्करणको सताक्षी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, रुपन्देही ११ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, च्यासल फुटबल क्लब, आयोजक टिम र भारतको दार्जिलिङ फुटबल क्लबले सहभागिता जनाउने मौखिक सहमति भएको आयोजक सतासीधाम स्पोटिङ क्लबका उपाध्यक्ष फुर्वा तामाङले बताए ।
प्रतियागिताका तयारी पनि सुरु गरिएको छ । स्थानीय गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिता माईपश्चिम झापाको पहिचान स्थापित गर्न सक्ने प्रतियोगिता हो । यो वर्ष झापामा मेचीनगर गोल्डकप, झापा गोल्डकप र सताक्षी गोल्डकपको समय तालिका अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको थियो । आयोजक समितिका अनुसार एन्फाको समय तालिकाअनुसार प्रतियोगिता हुनेछ ।
प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । आयोजक समितिका आर्थिक विभाग प्रमुख सनम इजमले प्रतियोगिता सञ्चालन गर्न ७६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । प्रतियोगिताका म्यान अफ दि सिरिजको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ ।
त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको १० हजार रहेको आयोजकले जनाएको छ । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer