२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सिपी मैनाली चढेको कार दुर्घटना


महोत्तरी । नेकपा मालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री सिपी मैनाली चढेको कार दुर्घटना भएको छ । दुर्घटनामा परी मैनालीसहित तीनजना गम्भीर घाइतेका भएका छन् ।

मैनाली चढेको बा. ७ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आएको ना. ४ च ७६८० नम्बरको भ्यानले महोत्तरीको कालापानीस्थित रातुपुल नजिकै ठक्कर दिएको थियो । प्रहरीका अनुसार मैनाली परिवारसहित काठमाडौँ जाँदै थिए ।

दुर्घटनामा परी महासचिव मैनालीको टाउकोमा गम्भीर चोट लागेको छ भने एउटा खुट्टा भाँच्चिएको छ । त्यस्तै, उनका बुहारी पूजा ढुंगाना मैनालीको दुबै खुट्टामा फ्याक्चर देखिएको छ । त्यस्तै, चालक रामप्रसाद पौडेलको टाउको गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक कैलाशकुमार खत्रीले जानकारी दिए ।

उनका अनुसार मैनालीका छोरा सरोज मैनाली र एक नाति सामान्य घाइते भएका छन् । उनीहरुको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार गरिएको छ । थप उपचारको लागि काठमाडौँ रिफर गरिएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए । -नेपाल न्युजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer