२०८२ जेठ २१ बुधबार
Jhapa Today
Adv top

भोका कुकुरलाई बिस्कुट खुवाइँदै (फोटो फिचरसहित)


बिर्तामोड, चैत १९ । कोरोना भाइरसका कारण मानिस मात्र पीडित बनेका छैनन्, हाम्रै वरिपरि रहेका जनवारहरु पनि संघर्षपूर्ण जीवन बिताइरहेका छन् । खानेकुराको अभावमा खासगरी कुकुरहरु छट्पटाइरहेका छन् ।

रोजगार गुमका मानिसलाई त सरकार र अन्य संघसंस्थाले पनि राहतका लागि काम सुरु गरिसके । तर, कुकुरका लागि नि ? मार्च २८ तारिख नेप्लिज टिन्सका सक्रिय सदस्य किरणकुमार संग्रौलाले फेसबुकमा लेखे, ‘यो लक डाउनको बेला हाम्रोवरिपरि रहेका सडकका जनवारका लागि खानाको जोहो गर्न अभियान चलाऔँ । उनीहरु भोकै छन् । उनीहरुलाई यो बन्द थाहा छैन…….. ।’

संग्रैलाको स्टाटस देखेपछि संस्थाका संस्थापक अध्यक्ष मनिषजंग बस्नेतले आफ्नै वालमा लेखे, ‘ किरणकुमार संग्रौला भाइबाट प्राप्त सूचनाअनुसार बिर्तामोड १ शान्तिटोलमा २०–२२ वटा कुकुर भोकभोकै अवस्थामा रहेको हँुदा, कसैको किराना दोकान भए ओसिएको बिस्कुट अथवा केही खानेकुरा भए पनि ठुलो सहयोग हुने थियो । आआफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ ।’

मनिषकै अगुवाईमा रोेजगार गुमेका विपन्न परिवारका लागि खाद्यान्न प्रदान गर्न भनेर संकलन गरिएको रकमको केही प्रतिशत कुकुरका लागि छुट्याइएको छ । मनिषले लेखेका छन्, ‘उठेको रकमबाट २० देखि २२ वटा सडक कुकुरका लागि पनि रकम छुट्याइएको छ । हालको लागि १० देखि १५ दिनसम्म पुग्ने बिस्कुटको व्यवस्था गरिनेछ । धन्यवाद सम्पूर्ण सहयोगी हातहरुमा ।’

रकम उपलब्ध भएपछि किरणले उनकै साथी सुजन सुवेदीको साथमा चैत १८ गते मंगलबारदेखि कुकुरलाई बिस्कुट खुवाउन सुरु गरेका छन् । झापा बिर्तामोड १ को उत्तरपूर्वी क्षेत्रको एउटा टोलमा रहेका झन्डै दुई दर्जन कुकुरलाई उनीहरु बिहान बेलुका दुईपटक बिस्कुट दिन्छन् ।

नेप्लिज टिन्सले मात्र होइन मनिष, करिण र सुजनले बिर्तामोडका बेकरी तथा बिस्कुट उद्योगलाई कारखानामा रहेको खाद्यान्न सहयोगस्वरुप उपलब्ध गराउन अनुरोधसमत गरेका छन् । जनवार पनि भोकभोकै छट्पाटिएर मर्नु नपरोस् भनेर उनीहरुले यो कार्य गर्दै आएको बताए ।

Adv footer

हाम्रो बारेमा

झापाली भूगोलको खबर प्रवाह गर्ने उद्देश्यले प्रकाशन हुँदै आएको यस अनलाइन समाचार पोर्टलमा राजनीतिक समाचार भने प्रकाशन हुँदैन । समाजका सफलताका कथा, खेलकुद, सामाजिक कार्य, शिक्षा, स्वास्थ्य, वित्तीय गतिविधि, कला, मनोरञ्जन, साहित्यलाई यस अनलाइनले प्राथमिकता दिनेछ ।

सम्पर्क

झापा टुडे मिडिया प्रा.लि.
बिर्तामोड-१, झापा
मोबाइल : ९८५२६७१६७९
इमेल : [email protected]
[email protected]

हाम्रो टिम

अध्यक्ष/सम्पादकः हिमाल खरेल
निर्देशक/समाचार प्रमुखः विनिशा शर्मा
बजार/विज्ञापन प्रमुखः विशाल खरेल
फाेटाे/भिडियो: दिपेन्द्र कटुवाल